रूपान्तरण
२७ फागुन २०७७
•
७ मिनेट पाठ
रूपान्तरण

             १) रूपान्तरण

 




मदन यौन विषयमा उम्रिएदेखि नै तीनपात थियो । चेतना भएदेखि नै उसको ध्यान यौन अङ्गको बगैँचामा हुन्थ्यो । बगैँचाको फलफूललाई खेलाएर ऊ आनन्द लिन्थ्यो । साथीहरूसँग पनि“योभन्दा ठुलो मस्ती अरू केहीमा छैन” भन्थ्यो।

जवानी चढेदेखि त झन् त्यही बगैँचामा आफूलाई भुलाउन थाल्यो । साथीहरूलाई “तँजस्तो बगैँचामा दुई मिनेट पनि टिक्न नसक्ने नामर्द हो र ? म त पूरा दुई घण्टासम्म टिक्न सक्ने मर्द हुँ, दुई घण्टे” भनेर फुर्ती लाउँथ्यो।

ऊ अब भँमराले झैं बगैँचा नै फेरीफेरी बरालिन थाल्यो । कुनै बगैँचाको माली छैन भन्ने थाहा पायो कि; त्यहाँ गएर आनन्द लिइहाल्थ्यो । आफ्नो सम्पर्कमा आएकी सुकुमारी बगैँचाको जवानीको मधुरस चाख्न हरदम प्रयास गथ्र्यो । कुनै बगैँचालाई मलजलको आवश्यकता छ जस्तो लागेमा, त्यो पूर्ति पनि गथ्र्यो । त्यतिले नपुगेर कैलेकाहीँ त शहरका रेष्टुरेन्ट, गेस्टहाउसतिर झारपात मात्रै उमे्रको बगैँचामा पनि पुग्थ्यो।

अति गरेपछि जे को नि खती हुन्छ भनेजस्तै उसको आफ्नै बगैँचाको केराको बोटमा गम्भीर समस्या आयो । डाक्टरलाई जँचाएर हेर्दा रिर्पोटमा एड्सभन्दा नि भयङ्कर यौन रोग लागेको खुल्यो । ऊ त्यही रोगले थलिएर चिन्तित भई ओछ्यानमा पल्ट्यो।

त्यही बेलामा कोही हितैषीले समय बिताउन किताब पढ्न दियो । किताबचाहिँ विपी कोइरालाको श्वैत भैरवी र महात्मा गान्धीको आत्मकथा थिए । उसले पहिला श्वैतभैरवी पढ्यो । समाजका मान्छेहरूका यौन मनोविज्ञान बुझ्यो । त्यसपछि गान्धीको आत्मकथा पढ्यो । यसबाट यौन आवेगलाई कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने जान्यो । त्यसपछि किताब पढ्न दिने हितैषीलाई धन्यवाद दिदैँ भन्यो —

“वास्तविक आनन्द त यस्तो किताब पढेर ज्ञान प्राप्तिमा पो हुने रहेछ । यस्तो किताब हेर्ने बुद्घि पहिलै आइदिएको भए म त तपस्वी नै हुने थिएँ कि क्या हो !”  

             २) फेसनको कमाल

 

विश्वास र सुवास मध्यान्हमा कार्यालयबाट बाहिर चिया पिउन निस्किए । अलि पर चोकमा एउटी राम्री युवती मोबाइलमा गफ गर्दै उभिरहेकी थिइन् । उनलाई देखेर नहेर्ने कोही पनि थिएनन् । विश्वास र सुवासले पनि उनलाई हेर्दै—हेर्दै पसलतिर लम्किए । युवती नजिक पुगेपछि अझ बढी घुरेर हेरे । युवतीले पनि मोबाइलमा कुरा गर्दागर्दै नदेखेको पारामा छड्के आँखाले हेरी । युवाहरू अलि पर मात्रै के पुगेका थिए, सुवासले फर्किएर हेरयो । युवतीले आफूलाई हेरिरहेकी देख्यो । त्यो कुरा तुरुन्तै विश्वासलाई भन्यो —   “त्यो च्वाँक केटीले हामी ह्यान्डसम केटालाई देखेर हेरिरहेकी छे ।”

उसको कुरालाई विश्वासले सही थाप्यो । अर्को दशपन्ध्र पाइला अघि सारेपछि सुवासले फेरि पछाडि फर्किएर हे¥यो । त्यतिबेला युवतीले अन्तै हेरेकी थिई । उनीहरू दुबैले ती युवतीबारे चाहिने–नचाहिने कुरा मनमा खेलाउँदै पसलमा पुगे । अनि चिया अर्डर गरेर त्यसै युवती भएतिर फर्किई मेचमा बसे । विश्वासले सुवासको कानमा साउती ग¥यो —

“ओई, केटी त रहरलाग्दी रै छे । यसो पट्याउन पाए त ... !”  

सुवासले पनि सही थाप्दै भन्यो —

“हो नि ! उसले पनि हामीलाई हेरेको हे¥यै छे । यसको नम्बर पाउन पाए त पट्याउन सकिन्थ्यो ।”

एकैछिनमा साहुनीले दिएको चियाको गिलास लिएर एक घुट्को सुरुप्प मात्रै के पारेको थियो, विश्वासको अगाडि त्यही युवतीको आवाज आयो —

“दाइ दर्शन !”  

विश्वास अलमल्ल पर्दै “दर्शन” भनेर फर्कायो । ती युवतीले उभिएरै फेरि प्रश्न गरिन् —

“आरामै हुनुहुन्छ नि ? म त्याँमाथि बिरामी मितिनी आमालाई भेट्न जान ला ।”

विश्वासले केही चिनेजस्तै गरी जवाफ दियो –  

“आरामै छ ।”  

विश्वासले आफूलाई नचिनेको हो कि भन्ने आशङ्का ती युवतीलाई प¥यो । त्यसैले शङ्कालाई छिचोल्ने गरी युवतीले भनिन् —

“मलाई चिन्नु भएन कि क्या हो ? शहरमा बसेपछि गाउँ फर्किन जानेको भए पो चिनिन्थ्यो । म तपाईँको घरभन्दा अलिपरको राम काकाको छोरी के त ! कतै मैले लगाएको यो कालो चश्माले झुक्यायो कि के हो ? ल फुकालेँ ।”  

यति भन्दै कालो चश्मा आँखाबाट हटाएर आफ्नो पूर्ण चन्द्रझैं गोलाकार मुहार मुस्कुराउँदै देखाई । त्यसपछि ऊ फटाफट हिँडी । उसलाई हेर्दै विश्वासले सुवाससँग भन्यो —

“अहिलेको फेसनले आफ्नो र अरू पनि ठम्याउन नसकिने बनायो यार !” 

                     ३)  मालपोतमा माल पार्ने काइदा

 

“हाम्रो बाबा त क्लासमा  सधैं फस्ट–फस्ट हुनुहुन्थ्यो रे । उहाँले एसएलसीमा त ब्रोड फस्टै गरेको रे बाबै ।”

यस्तैयस्तै वाक्य बोलेर साथीहरूमाझ फुर्तिली हुने सानी आज निराश थिई । दिउँसो आमासँग बाबाको अफिसमा एकछिन के गएकी थिई उसको फुर्ति सबै हरायो । सानी कोठामा झोक्रयाएर बसिरहेकी थिई । त्यती नै बेला अफिसको काम सकेर उसको बाबा घर आइपुग्यो । सधैँ “बाबा, पापा !” भन्ने ओठहरू आज मौन देखेर उसको बाबाले मुख खोल्यो —

“सानु, पापा ! यी लिऊ अष्ट्रेलियन क्याटवरी !”  

“खान्न म ! क्याटवरी – स्याटवरी !” सानीले झर्किदै बोली ।  

“किन ? किन मेरो सानुलाई कसले रिस उठायो ?”  

“हजुरले नि, अरू कसले हुन्छ ?”

“किन र मैले के गरेँ र ?” ऊ अनभिज्ञता जनाउँछ ।  

“एसएलसीमा बोर्ड फस्ट भएको रे ! दिउँसो किन सजिलो नाम पनि लेख्न नजानेको ? ‘कमल परियार’ भन्दै थियो त्यो मान्छे । किन हजुरले ‘सुकुल परिवार’ लेखिदिएको त ? त्यो मान्छेले हजुरलाई कस्तरी गाली ग¥यो । मलाई त रुनै मन लाग्यो ।” यति भन्दै सानी रुन लागी ।

“नरोऊ सानु ! मालपोतको जागिर यस्तै हुन्छ के । जति बिगारेर लेख्न सक्यो उति धेरै क्याटवरी पाइन्छ के ! खराखर मिलाएर लेख्यो भने तिमीलाई क्याटवरी कसले दिने ? अनि तिम्रो मम्मीलाई नयाँ नाना किन्न पैसा कसले दिने ?”  

बुबाको कुरा सुनेर सानीको चित्त थामियो । भोलिपल्ट साथीहरूसँग भन्न थाली — ‘‘बुझ्यौ, मेरो बाबा त एसएलसीमा नि बोर्डफस्ट, अनि अफिसमा बिगारेर लेख्न नि फस्ट बाबै ! था’ छ, अफिसमा त जति बिगारेर लेख्न सक्यो, झन् उति धेरै पुरस्कार पाइन्छ रे !” 

              ४) सरकारी शिक्षा

 

‘सरकारी शिक्षालाई कसरी प्रभावकारी बनाउन सकिएला ?’ भन्ने विषयमा छलफल गर्न एउटा चोकमा मान्छेहरूको जमघट भएको थियो । सरकारी स्कूलका शिक्षकले त्यहाँ बोलिरहेका थिए — “निःशुल्क पढाइ हुने, स्तरीय स्कूल सरकारी स्कूल हो । तपाईँहरूको बालबच्चा सरकारीमै पढाउनुपर्छ । किन महँगो फि तिरेर निजीमा लैजाने ? म ग्यारेन्टी र्गिर्दन्छु, निजी स्कूलमा भन्दा सरकारीमै राम्रो पढाइ हुन्छ।”  

उनको भनाइ सकिएपछि मानिसहरूले ताली बजाए । अर्को सहभागीले बोल्न सुरु गरेपछि एकछेउमा बसेका निजी स्कूलका प्रिन्सिपलले उनलाई तानेर अर्को कुनोमा लगे । अनि खुसुक्क कानमा भने —  “हैन हो सर, किन यस्तो चर्को बोलेको ? यसपालिदेखि तपाईँको आफ्नो बच्चा नि हाम्रो स्कूलबाट झिक्ने विचार छ कि के हो ?” 

कुरा सकिन नपाउँदै हतारिएर सरकारी शिक्षकले भने —  “किन झिक्थेँ र ? आफ्नो बच्चालाई सरकारीमा हालेर म किन उसलाई पछि मैजस्तो बनाउन चाहन्थेँ र ? यो त नुनको सोझो पो गरेको !”  

                 ५) शिक्षा प्रणाली

 

प्रवेशिकाको नतिजा आएको एक महिना भएको थियो । एउटा कलेजमा प्रवेशिका पास गरेर आएका विद्यार्थीहरूको भिड लाग्यो । त्यहाँ दुर्गमका सरकारी स्कूलदेखि सुगमका निजी स्कूलकासम्म गरी सबै खाले विद्यार्थीको उपस्थिति थियो । त्यही मौकामा राजधानीको निजी स्कूलमा पढ्ने राजुले बोल्यो —  “यार, चोरीचोरी पास हुनेको अगाडि हाम्रो डिस्टिङसनको बेइज्जत हुने भो’ । दुर्गम भेगमा जस्तो हाम्रा अभिभावक आएर हामीलाई चिट चोराएनन् । चोर्न दिएनन् भनेर हुलदङ्गा गरेनन् । के गर्नु ? हाम्रो डिस्टिङसनको भाउ नै रहेन ।”

यो कुरा समिताको मनमा च्वास्स बिझ्यो । उसले सहन सकिन । उसले आफ्नै प्रयासमा जुम्लाबाट सरकारी स्कूलमा पढेर पहिलो श्रेणीमा पास गरेकी थिई । त्यसैले राजुले सुन्ने गरी भनी —  “के गर्नु ? बोर्डिङमा जस्तो चौवीसै घण्टा हाम्रो स्कूलले घोटाएन । चोर्न सजिलो हुने गरी सिटप्लान गराएन । एउटा साथीले अर्को साथीलाई नचोराए नराम्रो कारवाही गर्छु भनेर हेडमास्टरले धम्की पनि दिएन । त्यै भएर आफ्नो त पहिलो श्रेणी आएर के गर्नु ? डिस्टिङसनहरूका अगाडि केइ भाउ भएन ।”  

नजिकै गेट पाले उभिएको थियो । उसले यी दुवैको कुरा सुनेर एक्लै बरबरायो —  “हाम्रा बच्चाहरू जहाँ पढे पनि मार्कस्को लागि पढेका रहेछन् । जान्नबुझ्नका लागि होइन रहेछ । त्यही भएर अलिपछि राम्रोराम्रो अङ्क लेराउने चाहिँ राम्रो देशमा गएर मैजस्तो पाले बस्छन् । अनि ठीकै अङ्क लेराउनेचाहिँ ठीकै देशमा गएर मैजस्तो पाले बस्दा रहेछन् ।”    
अर्को समाचार
माओवादीको विशेष रूपान्तरण अभियान भोलिदेखि, २५ लाख मतदातासँग भेट्ने
१५ भदौ २०८०
•
२ मिनेट पाठ
माओवादीको विशेष रूपान्तरण अभियान भोलिदेखि, २५ लाख मतदातासँग भेट्ने
नेकपा(माओवादी केन्द्र)ले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान शनिवार(भोलि)देखि शुरु गर्ने भएको छ।  




माओवादीले गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुरूपको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशभरका सबै वडामा शनिवार एकैसाथ शुरु गर्ने भएको हो। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिवार बिहान ९ बजे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने जानकारी दिए।

त्यसैगरी शनिवार नै दिउँसो १ बजे सबै वडाहरूले कार्यक्रम राखी अभियानको प्रारम्भ गर्ने बताए। अभियानको लागि माओवादी केन्द्रले सबै केन्द्रीय कमिटी सदस्यहरूलाई कार्यक्षेत्र तोकिसकेको छ। अभियानको शुभारम्भ गर्न पार्टीका पदाधिकारीहरू खटिइसकेका उनले बताए।  जस अनुसार अध्यक्ष पुष्पकमल दाहालले चन्द्रागिरि नगरपालिका वडा नं. २ काठमाडौं घट्टेडाँडाँ पार्कको कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। त्यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धि ललितपुरमा जानेछन्। 

उपाध्यक्षहरूमा कृष्णबहादुर महरा सुनछहारी गाउँपालिका जेलवाङ रोल्पा, अग्निप्रसाद सापकोटा लिसंखुपाखर ३ सिन्धुपाल्चोक र पम्फा भुसालले ललितपुर महानगरपालिका २२ ललितपुरको जिम्मेवारी लिनुभएको प्रवक्ता सापकोटाले जानकारी दिए। 

महासचिव देवप्रसाद गुरुङले सुन्दर बजार नगरपालिका ८ भोटे ओडार लमजुङको जिम्मेवारी लिएका छन भने उपमहासचिवहरू गिरिराजमणि पोखरेलले गोकर्णेश्वर नगरपालिका ४ काठमाडौं, वर्षमान पुन काठमाडौँ महानगरपालिका १६ गंगबु काठमाडौँ, हरिबोल गजुरेलले कमलामाई नगरपालिका सिन्धुली, जर्नादन शर्माले चन्द्रागिरि नगरपालिका वडा नं. २ काठमाडौं, शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका १ जाजरकोट र मात्रिकाप्रसाद यादवले वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतको जिम्मेवारी लिएका छन। 

त्यसैगरी सचिवहरूमा दिनानाथ शर्मालाई वागलुङ नगरपालिका १२ वागलुङ, चक्रपाणि खनाललाई विराटनगर नगरपालिका १८ मोरङ, देवेन्द्र पौडेललाई पोखरा महानगरपालिका २० कास्की, लिलामणि पोखरेललाई बर्दिबास नगरपालिका महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका १० बानेश्वर काठमाडौं, हितमान शाक्यलाई सिस्ने गाउँपालिका ६ रुकुमपूर्ण, हितराज पाण्डेलाई पालुङटार नगरपालिका ६ गोरखा, डिलाराम आचार्यलाई धनगढी उपमहानगरपालिका १६ कैलाली, सुरेन्द्रकुमार कार्कीलाई बुद्ध शान्ति गाउँपालिका ४ झापाको जिम्मेवारी तोकिएको छ भने कोषाध्यक्ष श्रीराम ढकाललाई चन्द्रागिरि नगरपालिका २ काठमाडौँको जिम्मेवारी दिइएको छ।

माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको नारा ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ। अभियानको क्रममा त्यस्तै नवीकरण र बिस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्‍याउने लक्ष्य राखिएको जनाइएको छ। अभियानको क्रममा कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी गराउने बताइएको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस