मास्क
२६ असार २०७८
•
२ मिनेट पाठ
मास्क

 रञ्जुश्री पराजुली

 




‘बाहिर जान हुँदैन । साबुनपानीले मिचिमिची हात धुनुपर्छ । सेनिटाइजरले पुछिरहनुपर्छ।नाक र मुख ढाक्ने गरी मास्क लगाउनुपर्छ । गरीव निमुखालाई यस्तो आवाज सुन्न बानी परिसक्यो ।घैंटोमा खाने पानी छैन । नुहाउने साबुन छैन। किन्नलाई खल्तीमा पैसा छैन।

दोस्रो पटक कोरोनामो महामारी फैलिएपछि त धनबहादुरको  आर्थिक अवस्था नाजुक नै बनेको थियो। मजदुरी गरेर हातमुख जोर्ने उस्को परिवार एकछाक खाएर गुजरा गर्नुपर्ने अवस्थामा पुगेको थियो। काममाम पाइन्छ भन्ने सुनेर गाउँमा कामीको काम  गर्नेको सन्तान ऊ शहर आएर खड्का थर बोकेर  श्रमिकको काम गर्न थाल्यो। उसकी बुढी कान्छी गरायसी काम गर्न थाली। छोरो हुर्कदै गयो।

–  कान्छी हाम्रो छोरालाई राम्रो स्कुलमा पढाउने र भविष्यमा ठूलो मान्छे बनाउने ’ भन्ने गर्दथी।  बाबूचाहिँ ‘हो बुढी , यस्लाई धेरै पढाएर  मन्त्री  बनाउनुपर्छ तर मन्त्री  बन्न त धेरै नपढे पनि हुन्छ भनेको सुन्छु।  हाम्रो छोरालाई  त पढेको बुद्धिमान मन्त्री  बनाउनुपर्छ ’ भन्थ्यो।

दोस्रो महामारी फैलिएपछि कान्छीले  कुनै टेलर सपबाट रङ्गीन टुक्राटुक्री कपडाहरू बटुलेर ल्यएर जानीनजानी  नमुना हेरेर हातैले खुटेर रङ्गीन मास्कहरू बनाई। खुशी हुँदै उस्ले बुढालाई ‘मास्क राम्रै बने, हेर बुढा। यस्तो किन्न पसलमा पचास रुपैयाँ  पर्छ म   पच्चीसमा दिन्छु। चिनेकाहरुले त किन्लान् जस्तो लाग्छ। राम्रो छ। बलियो छ। लगाउन पनि सजिलो छ। धुन हुन्छ’भनी। बुढाले पनि यसबाट अलिकता कमाई भयो भने छोरालाई केही दिन पेटभरि भात खुवाउनु है भयो। कान्छी कोठा बाहिरको पेटीमा मास्क फिँजाएर बेच्न बसी। आफूले पहिले काम गर्ने घरको  पहिलो ग्राहक  कस्तो  राम्रो मास्क बनाइछ्यौ  कान्छी । म एउटा नमुना लान्छु है। नमुनाको त पैसा पर्दैन हगि अनि मन पर्यो भने भोलि आएर किनौला है’ भन्दै एउटा भनेको दुईटा लिएर हिँडिन्। त्यसपछि र फेरि त्यसपछि आएका पुराना आफूले काम गर्ने गरेका ठाउँकाहरू आउँदै नमुना लिएको भन्दै लिएर जान थाले ।
अर्को समाचार
हुनेले दिन्छन्, नहुनेले लैजान्छन् मास्क
२५ साउन २०७८
•
५ मिनेट पाठ
हुनेले दिन्छन्, नहुनेले लैजान्छन् मास्क
सप्तरी जिल्लाको झण्डै मध्यमा रहेको राजविराज बजारको मुख्य स्थान गजेन्द्र चोकमा साढे एक महिनादेखि एउटा टेबल लाग्ने गरेको छ। ब्यानरले छोपेको टेबुल वरिपरि कुर्सी र बेञ्चमा केही महिला र पुरुष बसेका छन् भने कोही उभिएका छन्। टेबलमा एउटा कार्टुनमा ‘हुनेले दिएर जाऔँ, नहुनेले मास्क लगाएर जाऔँ’ लेखिएको छ। कार्टुनसँगै छेउमा स्यानिटाइजरको बोतल र दुईवटा बट्टा सजाएर राखिएको छ। एउटा बट्टामा ठूला मानिसले र अर्को बट्टामा साना बालबालिकाले लगाउने आकारका मास्क छन्। मास्क नहुने आउँछन् र बट्टाबाट एउटा मास्क निकालेर लगाउँछन्। कतिपयले अभियानको प्रशंसा गर्दै मास्कको पोका वा पैसा नै दिएर जान्छन्।




निषेधाज्ञा खुलेसँगै बजारमा भीडभाड बढेपछि केही गैरसरकारी संस्था मिलेर राजविराजमा मास्क बैंक स्थापना गरेका हुन्। मास्क नलगाएर बजार हिँड्नेको सङ्ख्या बढेपछि सचेतना अभिवृद्धिका साथै मास्क वितरण गर्ने उद्देश्यले मास्क बैंक स्थापना गरिएको हो। गत असार १० गतेदेखि सुरु भएको उक्त अभियानअन्तर्गत मास्क वितरण कार्य निरन्तर जारी छ।  

बजार निस्कँदा अनिवार्यरूपमा मास्क प्रयोग गर्ने वातावरण बनाउनका लागि पैदलयात्री, सवारी साधनका यात्रुसँगै चालक र व्यवसायीलाई सचेत बनाउने उद्देश्यले दैनिक रूपमा ‘मास्क लगाएर जाऔँ’ अभियान सुरु गरिएको समग्र जनउत्थान केन्द्रका सुष्मा गुप्ताले बताए। ‘सबैलाई मास्क लगाएर हिँड्न आग्रह गर्छौँ, मास्कको अभाव भए लगाएर जान भन्छौँ', गुप्ता भन्छन्, 'कोही मान्छन्, कोही मान्दैनन्। कसैले चिउँडोबाट मुखमा सार्छन् त कोही गोजीबाट हतपत्त निकालेर मुखमा लगाउँछन्।”

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीको गत असार ७ गतेको बैठकले कोरोनाको सङ्क्रमण दर घट्दो क्रममा रहेको ठहर गरेको थियो। सोही बैठकले सरकारी कार्यालय, सार्वजनिक संस्थानलगायतका कार्यालयले भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पालना गर्दै असार १३ गतेदेखि सबै कार्यालयलाई सेवा सञ्चालन गर्न सूचना जारी गर्‍यो। सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएपछि कोरोनाको त्रास कम भयो। मानिस प्रशस्त मात्रामा सडकमा हिँड्न लागे। विस्तारै मास्क लगाउन छाड्दै गए। स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा लापरर्वाही हुने सङ्केत देखा पर्नासाथ मास्क बैंक स्थापना गरिएको एकल महिला समूहको प्रदेश २ अध्यक्ष अनिता देवकोटाले जानकारी दिए।  

कोरोना सङ्क्रमण दर घट्दो क्रममा रहेको भनी खुला गरिएको निषेध आदेशमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा अहिले पुनः सङ्क्रमण दर बढेको देवकोटाको भनाइ छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा पिसिआर मेसिन बिग्रिएकाले परीक्षण बन्द छ। एन्टिजेन परीक्षणको तथ्याङ्कले कोरोना सङ्क्रमण दिनदिनै बढ्दै गएको देखाएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि थप सतर्कता अपनाई स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गरी जिल्लाभरि लागू गरिएको निषेधाज्ञा अवधि थप गर्दै लगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए। उनकाअनुसार औषधोपचार एवं अत्यावश्यक कामबाहेक सकभर घर बाहिर ननिस्किन, निस्कनै पर्दा अनिवार्य मास्क लगाउन, समूहमा नहिँड्न, भौतिक दूरी कायम गर्न निर्देशन जारी गरिएको छ तर पनि मानिस बेवास्ता गरिरहेका छन्।

सबैभन्दा बढी सडकमा बिना काम हिँडिरहनेले लापरर्वाही गरिरहेका छन्। 'मास्क लगाएर हिँड्नभन्दा लगाए पनि नलगाए पनि हाम्रो खुशी हो भन्दै हिँड्छन्”, मास्क वितरण गरिरहेका इन्सेक प्रतिनिधि मनोहर पोखरेलले भन्नुभयो, 'कोही त धन्यवाद फर्काउँछन्, कोही झर्कोफर्को मान्छन्।' कतिपय ज्येष्ठ नागरिक र बालबालिका पैसा नभएकै कारण मास्क प्रयोग नगरेको बताउने गरेकाले निःशुल्करूपमा मास्क प्रदान गर्न थालिएको उनले बताए। दैनिक पसिना बगाउने र कोरोनाविरुद्धको सुई लगाएकाले मास्कको आवश्यक्ता नभएको बताउने पनि भेटिन्छन् । मास्क लगाउने पैसाले चिया खानु जरुरी रहेको भन्ने पनि भेटिन्छन्। पोखरेलले भने, “उनीलाई ‘मास्क एक महत्व अनेक’ भनेर सम्झाइबुझाई गर्ने गरेका छौँ।'

सार्वजनिक स्थान तथा बजारमा भीडभाड हुन नदिन सरकारको निर्देशन र घरबाहिर निस्कनु पर्दा अनिवार्य मास्क लगाएर मात्र निस्कनु भन्ने जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार नै राजविराजमा सचेतनामूलक मास्क वितरणको अभियानलाई निरन्तरता दिइएको महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीका प्रिया सिंह थारुले बताए।  

'मास्क वितरणका साथै जनतालाई सचेत गराउने उद्देश्यले अभियान थालेका हौँ, ब्यानरमा पनि ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भनेर लेखेका छौँ', सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष ललिता कर्णले भने, 'कोही खुशी भएर मास्क किन्नका लागि पैसा दिएर जान्छन्, अधिकांशले निःशुल्क लिएर जान्छन्।' उनकाअनुसार अभियानको उद्देश्य हरेक नागरिकले कोरोनाबाट बच्नका लागि सुरक्षा सतर्कता अपनाउनुपर्छ भन्ने बुझुन् भन्ने हो।  

चोकमै रहेका न्यू विशाल टेलर्सका सञ्चालक मोहम्मद परवानाका अनुसार बजार आएका कतिपय ग्राहकले मास्कसमेत लगाउँदैनन्। दूरीमा बसेर कुरा गर्न आग्रह गर्दा 'छिटो देऊ, गइहाल्छु', भन्छन्। 'न मास्क लगाउँछन्, न दूरी कायम गरेर बस्छन्, उल्टै नकराउनू भन्छन् बरु अर्को पसलमा जाने गरी धम्क्याउँछन्', परवानाले भने, 'सबैका लागि भनेको हो तर उनीहरू उपदेश नदेऊ आफ्नो काममा ध्यान देऊ भनेपछि चुप लागेर बस्छु।'

कोरोना भाइरसबाट जोगिनका लागि उत्तम विकल्प सामाजिक दूरी कायम गरेर भेटघाट गर्ने र अनिवार्यरूपमा मास्क प्रयोग गर्ने भएकाले त्यसमा ध्यान दिन सबैलाई आयोजकले अनुरोध गर्ने गरेका छन्। कोरोनाविरुद्धको सचेतना अभियानलाई जिल्लाभरि नै चलाउनुपर्ने आवश्यक्ता रहेको महिला मानव अधिकार रक्षक सञ्जालका सचिव माधवी शाहले बताए। लकडाउन खुकुलो भए पनि कोरोना जोखिम नहटेकाले बजारमा भीडभाड हुन नदिने, अनिवार्य मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गराउनेलगायतका स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गराउनुपर्ने शाहले बताए। 
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस