नेपालीय भोजपुरीका तीन ठूला पुरस्कार ५ व्यक्तित्वलाई
०९ फागुन २०७८
•
३ मिनेट पाठ
नेपालीय भोजपुरीका तीन ठूला पुरस्कार ५ व्यक्तित्वलाई
लोकरंग भोजपुरी पुरस्कारबाट सम्मानित भोजपुरीका लोकरंगकर्मीहरु। तस्बिर: रितेश/नागरिक
नेपालीय भोजपुरीको क्षेत्रमा स्थापीत पुरस्कारमध्ये ठूला ३ पुरस्कार वीरगन्जमा एक समारोहबीच पाँच जनालाई प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय  मातृभाषा दिवशको अवसरमा सोमबार वीरगन्जमा आयोजित ‘बहूभाषिक कवि गोष्ठी, पुस्तक बिमोचन एवम् सम्मान समारोह’मा पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।  




भोजपुरी प्रतिष्ठान, वीरगन्जले आयोजना गरेको समारोहमा १ लाख रुपैया राशिको ‘पण्डित दीपनारायण मिश्रअन्र्तराष्ट्रिय भोजपुरी सम्मान–२०२१/०२२’ भारत उत्तरप्रदेश देवरियाका भोपुरीका वरिष्ठ साहित्यकार रहेका प्राध्यापक डा. अरुणेश नीरनलाई प्रदान गरिएको छ। त्यसैगरी, ५१ हजार रुपैया राशिको वीरगन्जका अग्रज साहित्यकार मुकुन्द आचार्यलाई प्रदान गरियो। अर्को ५१ हजार रुपैया राशिको ‘लोकरंग भोजपुरी पुरस्कार’ भोजपुरीका लोक रंगकर्मी सलिम मियाँ, लोक किर्तन गायक शम्भु पाण्डे र भोजपुरी रंगकर्मी राजदेव दास तत्वालाई संयुक्त रुपमा प्रदान गरियो।  

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजयकुमार सरावगी, नगर उपप्रमुख शान्ति कार्की, प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेदी लगायतकाले सम्मानित व्यक्तित्वहरुलाई दोसल्लासमेत ओढाएर सम्मान जनाउदै नगद राशि तथा ताम्रपत्र प्रदान गरेका थिए।  देश वा बिदेशका भोजपुरीमा योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिने ‘पण्डित दीपनारायण मिश्रअन्र्तराष्ट्रिय भोजपुरी सम्मान’ यसपाली प्रदान गरिएको अन्तराष्ट्रिय भोजपुरी सम्मेलनका महासचिव डा. नीरन भोजपुरी अंग्रेजी शब्दकोषका सम्पादन, समकालीन भोजपुरी प्रत्रिकाका प्रधान सम्दाक र अनेक पुस्तकका लेखक समेत हुन्। यसअघि उनी भारतमा अनेक सम्मान पाईसकेका छन् भने मरिसरमा त्यहाँका राष्ट्रपतिबाट पुरस्कार पाइसकेका हुन्। 

त्यस्तै नेपाल भोजपुरी राष्ट्रिय पुरस्कारबाट पुरस्कृति आचार्य भोजपुरीमा रामायण, भागवत गीता र भारतीय साहित्यकार हरिवंशराय बच्चनको चर्चित रचना मधुशालाको भोजपुरी अनुवाद गरिसकेका छन्। उनले ‘डाढ एक पात अनेक भोजपुरी उपन्यास’, राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका लागि भोजपुरीका अनुसन्धानात्मक पुस्तकहरु र नेपाली तथा हिन्दीमा समेत बिभिन्न सिर्जनाहरु गरेका छन्। समकालीन नेपाली साहित्यकारमा ब्यङ्ग बिधाका नाम चलेका साहित्यकार हुन।  

कार्यक्रमका दौरान भोजपुरी भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा योगदान दिरहेका व्यक्तित्वहरु र नयाँ प्रतिभाहरुलाई प्रोत्सासाहनसमेत गरिएको छ। समारोहलाई सम्बोधन गर्दे प्रमुख अतिथि नगरप्रमुख सरावगीले वीरगन्ज नेपालीय भोजपुरीको केन्द्र रहेकोले यहाँबाट भोजपुरीको उत्थानका लागि वीरगन्ज महानगरपालिकाले ऐनमार्फत भोजपुरी प्रतिष्ठान, वीरगन्जको स्थापना गरेको बताए। उपप्रमुख कार्कीले मातृ भाषाको सम्मान भनेको समाजको सम्मान भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिइन्। 

सम्मानित व्यक्तित्व डा.नीरनले भाषा, संस्कृति र कलाले समाज जीवन्त हुने भएकोले यसको बिकासले समाज समृद्ध हुने बताए। साहित्यकार आचार्यले सम्मानले आफूहरु उत्साहित भएको बताउदै भविष्यमा भोजपुरी भाषा एवम् साहित्यको क्षेत्रमा सेवा गर्नमा थप उर्जा प्राप्त भएको बताए।  

बहूभाषिक कविता र पुस्तक बिमोचन

समारोहमा बिभिन्न मातृभाषामा कविता वाचन समेत भएको थियो। गिता भण्डारीले नेपाली, नुतन सरावगीले मारवाडी, विक्रम साहले भोजपुरी, चन्द्र किशोरले मैथिली भाषामा र प्रमोद पाण्डेयले संस्कृतमा कविता वाचन गरेका थिए। 

साहित्यकार उमाशंकर द्विवेदीको ‘गदबेर’ कथा संग्रह, अग्रज कवि बिकाउ गिरीको ‘छिँटाइल फुल’ कविता संग्रह र अर्की सर्जक प्रिया मिश्राको ‘नारी अस्तित्व बोध’ कविता संग्रहको बिमोचनसमेत गरिएको थियो। गायक अजमत अली र छोटु राजाले भोजपुरी लोकगित प्रस्तुत गरेका थिए। 
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
३८ मिनेट अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस