‘कोसी साहित्य-कला प्रतिष्ठान नेपाल’ काे गठन
०४ साउन २०८२
•
२ मिनेट पाठ
‘कोसी साहित्य-कला प्रतिष्ठान नेपाल’ काे गठन
भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि मोरङमा ‘कोसी साहित्य-कला प्रतिष्ठान नेपाल’ संस्थाकाे गठन गरिएको छ। बेलबारी बहुमुखी क्याम्पस, बेलबारी, मोरङमा आयोजित एक कार्यक्रममा मोरङका विभिन्न पालिकाका भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरूको भेलाले उक्त साहित्यिक संस्थाको गठन गरेको हो।




लेखक तथा अनुसन्धाता केशु विरहीको अध्यक्षतामा गठित तदर्थ समितिमा विष्णु भण्डारी आचार्य (उपाध्यक्ष), नवराज पोखरेल ‘नवशिला’ (सचिव), गीता कुलुङ राई (सहसचिव), चिरञ्जीवी काफ्ले ( कोषाध्यक्ष) रहेका छन्।

त्यस्तै ३ जना सदस्यपछि थप्ने गरी गठित १३ सदस्यीय समितिका सदस्यहरूमा प्रिन्स प्रमोदकुमार ढकाल, मनोस विश्वकर्मा, सिजन श्रेष्ठ, नवीन थापा क्षेत्री, लक्ष्मीप्रसाद फुयल आदि रहेका छन्।

उक्त साहित्यिक भेलामा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, भाषाविद् अमृतप्रसाद आचार्य, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रेमप्रसाद भट्टराई, अग्रज स्रष्टा रामविक्रम थापा, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, विराट साहित्य समाजका कार्यवाहक अध्यक्ष विदुर सुवेदी, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, बेलबारी प्रज्ञाप्रतिष्ठानका उपाध्यक्ष धनजित पराजुली,सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै रमेशचन्द्र अधिकारी, गीताप्रसाद श्रेष्ठ, यादव भट्टराई, दुर्गा न्यौपाने रूपाखेती, शान्ता भट्टराई, एकराज भट्टराई लगायतका स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो।

हरेक साहित्यिक संस्थामा केही व्यक्ति मात्र हावी हुने, सङ्घसंस्थालाई सीमित घेरामा कैद गर्ने, एउटै व्यक्तिले धेरै ठाउँको नेतृत्व ओगट्ने तर काम भने नगर्ने, कुनै पनि संस्थामा व्यक्तिको योगदानभन्दा पनि उसको राजनीतिक आस्था मुख्य आधार बनाइने परम्परा तोड्दै योगदान र क्रियाशीलताका आधारमा सबैलाई समेट्ने उद्देश्यले संस्थाको स्थापना गरिएको नव गठित तदर्थ समितिका अध्यक्ष केशु विरहीले बताए। 
अर्को समाचार
जनताको आवास जल्दा कता लुक्यौ तिमी!
१० साउन २०८२
•
१ मिनेट पाठ
जनताको आवास जल्दा कता लुक्यौ तिमी!
१) मुक्तक




गर्मीले खोलाको पानी सुक्छ भने म के गरौं

आफैंमाथि छिटा पारी थुक्छ भने म के गरौं

गर्ने पनि आफैं, भन्ने बाटो बनाउने नि आफैं

ठगलाई ठगभन्दा मन दुख्छ भने म के गरौं?

२) मुक्तक

बाँझो नराखौं देशको भूमि उब्जाउनु अनाज

बेरोजगारीलाई दिनुपर्छ स्वदेशमै कामकाज

विदेशी भूमिमा पसिना बगाएर हुन्न समृद्धि,

सुखी उनै दलाल होलान् हुन्छ बाँकी नाराज।

३) मुक्तक

उहिले घनघोर वनजङ्गल बसोबास गर्थे शेर

जङ्गलको राजा भनेर थर्काउँदै पेट भर्थे शेर

ठूलो भाग खोज्दा खोरमा जाकिएको बेला

खाइपाइ आएको सम्झिएर जिल्ल पर्थे शेर।

४) मुक्तक

जनताको आवास जल्दा कता लुक्यौ तिमी

दिनदहाडै लुटपाट हुँदा अन्यत्र ढुक्यौ तिमी

गफगाफ गरेर मात्र ठिकठाक हुन्न व्यवहार -

अन्तत: शान्तिसुरक्षामा अझै चुक्यौ तिमी।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस