स्थानीय बासिन्दाहरूका अनुसार पहिरोपछि उद्धार कार्यमा समेत ठूलो समस्या आएको छ। बाढी र पहिरोको चपेटामा परेको बस्तीमा उद्धार टोली समयमै पुग्न नसकेको गुनासो छ।
अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा क्षति पुर्याएको छ।
एसएसपी घिमिरेका अनुसार प्रहरीले सीमित स्रोतसाधनका बाबजुद उद्धार कार्य गरिरहेको छ । ‘हामीसँग जम्मा दुई वटा मात्रै डुङ्गा छ । ती डुङ्गा,डोरी, टायर र लाइफ ज्याकेटको मद्दतले उद्धार गर्नुपरिरहेको छ,’ उनले...