टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा सन्नाटा छाएको छ। शिक्षक विद्यार्थीहरु आज पनि सधैं झैं बिहानै क्याम्पस पुगेका थिए। तर उनीहरु कक्षा कोठा भित्र पसेनन्।
प्यालेस्टाइन लडाकु हमासले इजरायलको सेडोट शहरमा आक्रमण गरेपछि त्यहाँस्थित एलोमिन कृषि फार्ममा कार्यरत विद्यार्थीहरु आक्रमणमा परेका छन्। त्यहाँ कृषि विज्ञान संकायका १७ जना विद्यार्थी कार्यरत थिए।