कैलाली क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरीले मतान्तर घटाएका छन्। तेस्रो स्थानमा रहेका चौधरी अहिले १३ मतले मात्रै दोस्रो स्थानमा छन्।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पति रेशमलाल चौधरीको बिरासत जोगाउन सफल भएकी छन्। उनी अत्याधिक मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार श्रेष्ठले २६ हजार १५५ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ मत पाएका छन्।
प्राप्त मत परिणाम अनुसार १४ हजार २२३ मत गणना हुँदा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट माओवादीका भगत बडुवालले नागरिक उन्मुक्तिका अरुण चौधरीलाई १६७ मतले पछि पारेका छन्।