सिनो बहिष्कार आन्दोलनको सफलताले चमार जातिको जीवनस्तर केही न केही फेरिँदै गएको छ। बलदेव रामले उठाएका दलितको आत्मसम्मान, भूमि अधिकार, शिक्षा र रोजगारीलगायत आवाजको प्रभाव पर्दै गएको छ।
सिन्धुपाल्चोक जिल्लामा १३७ नामका गुठी छन्। करिब २२ हजार परिवारले गुठी जग्गामा खेती गर्दै आएको आँकडा भेटिन्छ। खेती गरेबापत मोही किसानले बर्सेनि कुत बुझाउँदै आएका छन्।
विश्वभर सम्भावित खाद्यसंकट टार्न अनेकन प्रयास भइरहेको सन्दर्भमा हामीचाहिँ भएकै कृषि जग्गा पनि मास्न लागिरहेका छौँ। विषयलाई हल्का ढंगले लिँदै गएमा यसबाट आउने परिणाम निकै भयाबह हुने निश्चित छ।
वि.सं. २०१९ देखि आजसम्मका सबै संविधान र कानुनले दासत्वपूर्ण प्रथालाई अस्वीकार गरेका भए पनि व्यवहारमा त्यो लागु भइरहेको छैन। यद्यपि कमैया, हलिया र कमलरीको पुनर्स्थापनाको विषयमा पनि कैयन् प्रश्न बाँकी छ...