सिरहाको ठाँढी, सप्तरीको गोबरगाढा, कोसीपलार, धनुषाको जटही, महोत्तरीको सम्सीलगायत सीमावर्ती क्षेत्रका दर्जनौं चोर बाटो हुँदै मदिरा, स्याउ र मरिच तस्करीमा वृद्धि भएको छ।
दलितका नाममा राज्यले छुट्याएका हरेक सेवासुविधाबाट उनीहरू कोसौं टाढा छन्, फेरि पनि नागरिकता नपाए ती सुविधाबाट आफूहरू वञ्चित भइने हो कि भन्ने त्रासमा उनीहरू छन्।
मधेस प्रदेश सरकारको १ करोडको लागतमा मानव सेवा आश्रम वीरगञ्जको भवन निर्माण कार्य भइरहेको छ। वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवामा भइरहेको भवन निर्माण कार्यमा अहिले दुई तल्लेको छत ढलान भएको छ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनका ४ सय जना दलित बालबालिकाले विद्यालय पोसाक पाएका छन्। अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतीले पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत...
सरकारले बजेटमा कटौती गरेपछि वीरगन्ज महानगरपालिकाको बजेटमा पनि त्यसको असर परेको छ। चालू आर्थिक वर्षमा महानगरपालिकाले ल्याएको बजेट भन्दा १२ करोड बजेट घटाएर आगामी वर्षका लागि बजेट प्रस्तुत गरिएको छ।
वीरगञ्जवासीको आस्थाको केन्द्र मानिने गहवा माईको पहिलो पटक रथयात्रा निकालिएपछि पर्सा, बारा रौतहट तथा सिमा पारीका विभिन्न स्थानका हजारौ श्रद्धालुहरु रथयात्राका लागी एकजुट भएका थिए।