कार्यालयमा आर्थिक वर्ष ०७५/७६ मा ४ सय ३७, ०७६/७७ मा ४ सय ५७ र ०७७/७८ मा ४ सय ९० मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) महेन्द्र खड्काले बताए।
धादिङमा जिल्ला क्रिकेट संघको तदर्थ समिति गठन गरिएको छ। धादिङबेसीमा आइतबार एक कार्यक्रमको आयोजनामा दीपेश कँडेल अध्यक्ष रहने गरी १५ सदस्यीय समिति गठन गरिएको हो।
नवगठित समितिलाई शुभकामना दिदै जिल्ला खेलकुद समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले खेल क्षेत्रका माध्यमबाट धादिङ र देशलाई समेत विश्वसामु चिनाउन सकिने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।