‘कैलो वनकाग’ नेपालमा पाइने काग परिवारको सुन्दर र चतुर चरामध्ये एक हो। यो मध्यम आकारको, हल्का गुलाबी–खैरो शरीर र पखेटामा सेतो, निलो र कालो रङको संयोजनात्मक रेखा भएको रंगीन हुन्छ।
नेपालका पहाडी जंगलहरूमा एक विशेष चरा गुञ्जिन्छ- कटुशे चाँचर। अङ्ग्रेजीमा ‘चेस्टनट थ्रस’ भनेर चिनिने यो चरा मधुर स्वरमा गाउने क्षमताका कारण जंगलको संगीतकार झैँ लाग्छ। बिहान-बेलुका यसको मीठो आवाजले पहाड...
जाडो छल्न विजुलागैरो हाँसहरू काठमाडौंको टौदहमा आइपुगेका छन्। विश्वका साना हाँस प्रजातिहरूमध्ये पर्ने यी हाँस आकर्षक रंगीन प्वाँख र फुर्तिलो उडानका लागि प्रख्यात छन्।
ललितपुरको गोदावरी नगरपालिका-११ स्थित चापागाउँको बज्रबाराही चौरमा शनिबार २०औँ राष्ट्रव्यापी क्योकुसिन कराँते तथा सातौँ मेयर कप च्याम्पियनसीप प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
काठमाडौंको टौदहमा केही दिनदेखि पाहुनाका रूपमा हरियोटाउके हाँस देखा परेको छ। यी हाँसहरू प्रायः उत्तरी एसिया, युरोप र साइबेरिया जस्ता चिसो क्षेत्रबाट नेपाल आउने गर्छन्।
सूर्यास्त हेरेर फर्किंदा झमक्क साँझ परेको थियो। होटलमा आउँदा हाम्रा काठमाडौंका तीन जना वाइल्ड लाइफ फोटोग्राफर साथीहरू विनय, विकास र सागर तीन दिनदेखि रेडपान्डाको फोटो खिच्न भनेर त्यहीं बसेका रहेछन्।