रोशनले भन्न चाहेर नि कसैलाई भन्न सकेको छैन। रोशनको मुखमा तनावको आगो सल्किएको छ। जुन आगो उसले निल्न पनि सकेको छैन ओकल्न पनि सकेको छैन। साथीभाइ, छरछिमेकी, इष्टमित्रहरूका अगाडि ठाडो शिर निहुरिने भयो भने...
म नमस्कार गर्दै ‘हस् धन्यवाद’ भनेर निस्कें। उनले मतिर हेर्दा पनि नहेरी हस् भने। त्यसपछि म बाहिर निस्कें। मैले सोचें,मेरो रोगको अवस्था सामान्य रहेछ। डाक्टरले सोचे, बिरामीको आर्थिक अवस्था सामान्य रहेछ।