तनहुँको भिमाद नगरपालिकाको मेयरमा एमालेको उम्मेद्वारले अग्रता लिएका छन्। वडा नम्बर १ को ४१७ मत गणना हुदासम्म एमालेबाट मेयरका उम्मेद्वार दधिराज सुवेदीले १३४ मत पाएका छन्।
कांग्रेस कार्यकर्ताले जोशी चढेको बा १५ च ६०२८ नम्बरको स्कारपियो तोडफोड गरेर सडकमा पल्टाइदिएका छन्। टाउको चोट लागेका जोशीको जिल्ला अस्पताल दमौलीमा सामान्य उपचारपश्चात थप उपचारका लागि पोखरा लगिएको छ। हा...
मतदानस्थलमा एजेन्ट किन छैन भनेर मतदान अधिकृतसँग सोध्दा आफूमाथि एकैचोटि हमला भएको जोशी बताउँछन्। मतपत्र च्यातेपछि हातपात भएको कांग्रेसका कार्यकर्ताहरुले बताएका छन्।
तनहुँमा बिहान ७ बजेदेखी उत्साहजनक रुपमा मतदान भइरहेको छ। जिल्लाको १० स्थानीय तह र वडाको नेतृत्व चयनका लागि मतदाताले बिहानदेखी उत्साहजनक रुपमा सहभागिता जनाएर मतदान गरिरहेका छन्।
सबैतिर चुनावी प्रतिश्पर्धा झैं तनहुँमा पनि केही स्थानीय तहमा यसपालिको चुनावी भीडन्त निकै नै रोचकपूर्ण छ। चुनावी हारजित राजनीतिक दल र उनीहरुका शीर्ष नेताको प्रतिष्ठासँग जोडिदाँ यो पटक तनहुँको रस्साकस्स...