पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्। गएरातिसम्म झिनो मतान्तरले अघि रहेका उनले सोमबार बिहानसम्म आइपुग्दा मतान्तर बढाएर ३ सय ५७ पुर्याएका हुन्।
पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्। उनले एमालेका उम्मेदवार कृष्ण थापालाई १०५ मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन्।
पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्। उनले एमालेका उम्मेदवार कृष्ण थापालाई ६५ मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन्।
कास्कीमा मिश्रित परिणाम आउने देखिएको छ। कास्कीका पाँच पालिका मध्ये एउटामा नेकपा एकीकृत समाजवादी तथा नेपाली कांग्रेसले ३ र नेकपा एमालेले १ वटा पालिकामा अग्रता लिएका छन्।
पोखरा महानगरपालिकाको मतगणना दिउँसो २ बजेदेखि सुरु हुने भएको छ। स्थानिय तहको निर्वाचन अन्तर्गत हिजो सम्पन्न पोखरा महानगरपालिकाको निर्वाचनको मतगणना दिउँसो २ बजेदेखि हुन लागेको हो।
कास्कीमा करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। कास्कीको पाँचवटै पालिकाको एभरेज मत प्रतिशत करिब ६५ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपा...