जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ। पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले विशेष उजुरी एवं सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्सामा कम्प्युटर अपरेटर पदमा कार्यरत सञ्जयप्रसाद यादवलाई घुस रकमसहित पक्राउ गरेको छ।
ठाकुरबाबा नगरपालिका–१ बबई नदीमा अन्दाजी ६० वर्षका पुरुषको तारजालीमा अडकिएको अवस्थामा फेलामा सशस्त्र प्रहरी बलले जनाएको छ। शव सनाखत हुन नसकेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए।
सो अवधिसम्म तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउनेछन्। निर्वाचनलाई भड्किलो नबनाउन र मर्यादितरुपमा प्रचारप्रसार गराउन आयोगले राजनीतिक दलको छलफलका आधारमा...