भरतपुर आँखा अस्पताल ठोरीमा ९० प्रतिशत बिरामी भारतीय हुने गरेका छन्। भारतीय सीमाबाट १०० किलोमिटर टाढादेखि आँखा उपचारका लागि त्यहाँ बिरामी आउने गरेका हुन्।
लमजुङ मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणाधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको आज पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
'मुलुकको समृद्धि भनेको दियोजस्तो हो। दियो आफैँ बल्छ, तर हावा चल्दा निभ्न नदिन केही चाहिन्छ। राजनीति भनेको त्यही हावा लाग्दा दियो निभ्न नदिने छेकबार हो।'
भक्तपुर नगरपालिका–१ को दुगुरेको स्वकी अजिमा हिटीमा स्नान गरी नजिकको स्वकि (स्वाःस्वाः) अजिमालाई जल चढाइ पूजा चढाए दम रोग निको हुने धार्मिक विश्वास रहेको छ।