यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन आकांक्षी देखिएका छन्।
काठमाडौंमा पुस ९ गते बृहत महापरित्राण हुने भएको छ। हिन्दु धर्मावलीहरुको दसैंतिहार जस्तै बौद्ध धर्मावलीहरुको बृहत मेलालाई महापरित्राण भनिन्छ। यस अवसरमा २५ जना भिक्षुहरुले सामूहिक यज्ञ गर्नेछन्।
प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ। ६ वटा टावर खडा गरिएको छ। आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली...
कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।