नेपाली कांग्रेस भक्तपुरको अधिवेशनबाट पार्टी सभापति पदमा दुर्लभ थापा निर्वाचित भएका छन्।
सोमबार राति सम्पन्न मतदानको परिणाम अनुसार केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिने थापाले ५ सय ५५ मत प्राप्त गरेर विजय हासिल गरेका हुुन्। उनका निकतम प्रतिस्पर्धी अष्टकुमार कवेँले ४ सय ४२ मत ल्याएका थिए। अघिल्लो पटकको अधिवेशनमा पनि थापा र कवेँ नै सभापति पदमा प्रतिस्पर्धी भएका थिए। त्यो बेला पनि थापा नै सभापतिमा विजयी भएका थिए।
उपसभापतिमा पनि थापा निकट ससूहकै विजेश अवाल ५ सया २९ मत र उर्मिला वनले ५ सय १४ मत ल्याएर निर्वाचिन भएका छन्। त्यस्तै सचिवमा पनि सोही समूहकै शुसिल बस्नेतले ५ सय ५२ र राजेश खड्काले ४ सय ८५ मत पाएर विजयी भए।
सहसचिव पदमा सभापति थापा समूहकै यादवप्रसाद अधिकारी ५ सय ७४ र कृष्णमुरारी न्यौपानेले ५ सय १४ मत ल्याएर जित हासिल गरे। सभापतिमा विजयी थापाको यो दास्रो कार्यकाल हो।