भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा पुगेको छ। आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो।
भारतलाई पहिलो इनिङ्समा २४६ रनमा अलआउट गर्दै आफ्नो दोस्रो इनिङ्स थालेको न्युजिल्यान्डले दिनको खेलको समाप्तिमा ३ विकेट गुमाएर १३३ रन बनाएको छ। रचिन रबिन्द्र ४६ र डेरिल मिचेल ५ रनमा नटआउट छन्।
कप्तान टम लाथम ८ रनमा बोल्ड भएपनि डेभोन कोल्वेले ५१ र हेन्री निकोल्सले २२ रन बनाए।
जस्प्रित बुमराहले २ र वासिङटन सुन्दरले एक विकेट लिएका छन्।
यसअघि ६ विकेटको क्षतिमा ११६ रनबाट आज तेस्रो दिनको खेल थालेको भारत २४६ रनमा अलआउट भयो। उसका लागि ध्रुव जुरेलले सर्वाधिक ८८ रन बनाए।
किबिज टोलीका लागि काइल जेमीसनले ४ तथा माट केन्री, नाथन स्मिथ र जाकोब डुफीले समान २ विकेट लिए।
न्युजिल्यान्डले पहिलो इनिङ्समा ३५६ रन बनाएको थियो।
सिरिजको पहिलो खेल बराबरीमा सकिएको थियो।