काठमाडौं। काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्। प्रहरीले थप ५१ वटा बाख्रीसमेत नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर १२ गते बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्री तथा पाठीको मासु खसीको मासु भन्दै बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले अनुगमन गरेको थियो।
सो क्रममा ५६७ किलो बाख्रीको मासु बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअपमा लोड गर्दै गरेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान गर्ने क्रममा प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले थप ५१ वटा बाख्री फेला पारी नियन्त्रणमा लिएको थियो। ती बाख्रीलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
प्रहरीले काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्री वितरण गरी कालोबजारी तथा गैरकानुनी गतिविधि भइरहेको विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार खोरमा अनुगमन गर्दा बाहिर २–४ वटा खसीबोका राख्ने र भित्र ५० औँको संख्यामा बाख्री तथा स्त्री चौपाया राखेको पाइएको छ। बाख्रा आयात गर्ने, बध गर्ने र खसीबोकाको मासु भन्दै बिक्री वितरण गर्ने कार्य भइरहेको विषयमा प्रहरीले अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रहरीले मासु खरिद गर्दा उपभोक्तालाई सचेत र चनाखो रहन आग्रह गरेको छ।