काठमाडौं। बंगलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा आइतबार बिहान पक्राउ गरेको छ।
पूर्वविशेष शाखा प्रमुख तथा प्रहरीका अतिरिक्त महानिरीक्षक इस्लाम फरार रहे पनि सामाजिक सञ्जालमार्फत उनले सन् २०२४ को जुलाईमा भएको जनविद्रोहको विरोध र हसिनाको समर्थनमा अन्तर्वार्ता दिँदै आएका।
पक्राउ पर्नेमा इस्लामकी पत्नी सायला फारजाना र उनका दुई भाइमध्ये रेजाउल आलम शाहिन पनि हुन्। फारजाना सार्वजनिक प्रशासन मन्त्रालयकी पूर्वअतिरिक्त सचिव हुन्।
प्रहरी स्रोतका अनुसार गुप्तचर टोलीले राजधानीका मिरपुर डीओएचएस र राकिन सिटीमा आइतबार बिहान एकैसाथ छापा मारेको थियो।
फरार श्रीमान्को निर्देशनमा फारजानाले हिंसा तथा तोडफोडको योजना बनाउन भूमिका खेलेको प्रहरीको आरोप छ।
कारबाहीका क्रममा एक सालाकी पत्नीलाई पनि केही समय नियन्त्रणमा लिइएको थियो। तर स्तनपान गराइरहेको शिशु भएकाले उनलाई पछि रिहा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
बंगलादेश निजामती सेवाको १७औँ समूहकी प्रशासनिक अधिकारी फारजानालाई सन् २०२४ सेप्टेम्बर ८ मा विशेष जिम्मेवारीमा राखिएको थियो।
उनका श्रीमान् इस्लामलाई भने सोही वर्षको जुलाईमा भएको जनविद्रोहपछि अनिवार्य अवकाश दिइएको थियो। त्यसयता उनी फरार रहँदै आएका छन्।एएनआई