काठमाडौं। म्यानमारमा सेनाले गरेको हवाई आक्रमणमा परी दर्जनौँ मानिसको मृत्यु भएको छ। सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
उद्धारकर्मीका अनुसार शनिबार दिउँसो देशको दक्षिणी शान राज्यस्थित मोए बाय गाउँमा विवाह समारोहस्थलमा भएको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको पुष्टि भएको छ। घटनामा अन्य ३५ जना घाइते भएका छन्।
म्यानमारको निर्वासित नेसनल युनिटी गभर्नमेन्ट (एनयूजी) का अनुसार बिहीबार मध्य म्यानमारको मग्वे क्षेत्रमा पर्ने इन योन गाउँस्थित एउटा विद्यालयमा सेनाले हवाई आक्रमण गरेको थियो। उक्त आक्रमणमा विद्यार्थी, युवा बौद्ध भिक्षु र शिक्षकसहित कम्तीमा २० जना सर्वसाधारणको मृत्यु भएको छ।
यी आक्रमणबारे म्यानमारको सैन्य नेतृत्वको सरकारले कुनै प्रतिक्रिया दिएको छैन।
सेनाले शनिबार साँझ पश्चिमी म्यानमारको रखाइन राज्यस्थित म्राउक–यू सहरमा समेत हवाई आक्रमण गरेको थियो।
स्थानीय समयअनुसार राति सहरको आवासीय क्षेत्रमा बमबारी गरिएको थियो। प्राप्त विवरणअनुसार उक्त आक्रमणमा १० जनाभन्दा बढीको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्।
उक्त क्षेत्र अराकान आर्मी (एए) को नियन्त्रणमा छ। यो म्यानमारको सैन्य शासनविरुद्ध लडिरहेका शक्तिशाली विद्रोही सैन्य समूहहरूमध्ये एक हो।
सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि म्यानमारमा देशव्यापी रूपमा लगभग दैनिकजसो सैन्य हवाई आक्रमण हुँदै आएका छन्। उक्त सैन्य विद्रोहका क्रममा पूर्वनेता आङ सान सुकीको नेतृत्वमा रहेको निर्वाचित नागरिक सरकारलाई सत्ताच्युत गरिएको थियो। त्यसयता म्यानमार लामो गृहयुद्धमा फसेको छ।