काठमाडौं। भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
क्राइस्टचर्चमा जारी खेलमा पहिलो इनिङ्सका आधारमा न्युजिल्यान्डले ११० रनको अग्रता लिएको छ।
भारतका लागि ध्रुव जुरेलले सर्वाधिक ८८ रन बनाए। उनीबाहेक भारतका अन्य ब्याट्सम्यानले क्रिजमा टिकेर खेल्न सकेनन्।
पहिलो इनिङ्समा न्युजिल्यान्डले ३५६ रन बनाएको थियो। न्युजिल्यान्डका लागि टम ब्लन्डेलले सर्वाधिक ८९ रन बनाएका थिए भने कप्तान टम लाथमले ५९ रनको योगदान दिएका थिए।
समाचार तयार पार्दासम्म दोस्रो इनिङ्समा ब्याटिङ गरिरहेको न्युजिल्यान्डले २ विकेटको क्षतिमा ६३ रन बनाएको छ। यससँगै उसको समग्र अग्रता १७३ रन पुगेको छ। न्युजिल्यान्डका दुवै विकेट भारतीय बलर जसप्रित बुमराहले लिएका हुन्।
यसअघि भारत र न्युजिल्यान्डबीच वेलिङ्टनमा खेलिएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो।