पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दिएका छन्।
भारत भ्रमण सकेर प्रधानमन्त्री शाह चीन भ्रमणको तयारीमा रहेको चर्चाबिच उनले यस्तो बताएका हुन्। भट्टराईले यस्तो सोच राष्ट्रिय हितमा रहेको उल्लेख गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत उनले इतिहासदेखि नै नेपालले दुई छिमेकी देशसँग निकट र सन्तुलित सम्बन्ध राखेर राष्ट्रिय हित प्रवर्द्धन गर्दै आएको बताएका हुन्।
‘दक्षिणी छिमेकी देशको भ्रमणलगत्तै उत्तरी छिमेकी देशको भ्रमण गर्ने प्रधानमन्त्री शाहको सोच राष्ट्रिय हितमा छ’, उनले लेखेका छन्।
उनले अबको आर्थिक समृद्धिको नयाँ युगमा नेपालको परराष्ट्र नीतिलाई थप परिमार्जन गर्दै दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाउनुपर्ने बताएका छन्।
‘अबको आर्थिक समृद्धिको नयाँ युगमा यसलाई अझै परिमार्जित गर्दै नेपाललाई दुई ठुला छिमेकी अर्थतन्त्रबिचको गतिशील सेतु बनाउने दिशामा अघि बढौँ’, उनले लेखेका छन्।
सत्तामा जो आए पनि नेपालको परराष्ट्र नीतिको यो आधारस्तम्भ सधैँ कायम रहनुपर्ने भट्टराईको भनाइ छ।