काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन्।
पार्टीका कार्यक्रममा झोलाको सट्टा फाइल वा डायरी प्रयोगमा ल्याउन थालिएको र झोला युगको अन्त्य गरिएको भन्ने रवि लामिछानेको अभिव्यक्तिमा टिप्पणी गर्दै बस्नेतले कार्यकर्ताको झोला हैन जनताको अवस्था फेर्न आग्रह गरेका हुन्।
बस्नेतले भने, ‘झण्डै दुई तिहाइको सरकारको नेतृत्व गर्ने पार्टी सभापतिले अमूर्त र अण्टसन्ट कुरा गर्ने होइन। जनतासँग तपार्ईले गरेका बाचा पूर्ववर्ती सरकारका भन्दा कम छैनन्। थोरै र सानो भएपनि जनताका वास्तविक समस्या समाधानमा केन्द्रित हुनूस्।’
उनले जनतालाई पानी जहाँज चढाउने बाचा गरेको सरकार हेलिकप्टर चढेर भाग्नुपरेको स्मरण गराउँदै युवालाई स्वदेश फर्काउने बाचा गरेको सरकारको आफै विदेश भाग्ने स्थिति नआओस् भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
बस्नेतले रास्वपाको राजनीतिक र शासकीय सुधारसम्बन्धी प्रतिबद्धतामा समेत प्रश्न उठाएका छन्। ‘सांसद मन्त्री बन्न नपाउँने, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्ने र स्थानीय तहको निर्वाचन गैरदलीय बनाउनेलगायतका रास्वपाको बाचा कहिले पुरा हुन्छन्? सहकारी बचतकर्ताको रकम फिर्ता कहिले हुन्छ?’ उनले प्रश्न गरेका छन्।
उनले जनतासामू गरेका बाचा केबल पुराना राजनीतिक दललाई आलोचना गर्ने हतियार थिए कि आफू नेतृत्वमा पुगेपछि कार्यान्वयन गर्ने वास्तविक प्रतिबद्धता हुन् निर्क्योल गर्न भनेका छन्।