काठमाडौं। नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गर्ने तथा आफू अनुकूलको कागज पढ्न दबाब दिने काम भइरहेको भए त्यो विधिको शासनमाथिको गम्भीर प्रहार भएको बताएका छन्।
हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले गम्भीर प्रश्नहरू जन्माएको आङ्देम्बेको भनाइ छ।
‘अनुसन्धानको नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत हो,’ उनले भनेका छन्।
उनले प्रधानमन्त्रीसँग इनम सापकोटा प्रकरणमा सरकारले निष्पक्ष अनुसन्धान गरिरहेको हो वा नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको हो भन्ने प्रश्नसमेत गरेका छन्।
‘यदि यस्तो भइरहेको छ भने यो केवल राजनीतिक प्रतिशोध र षड्यन्त्रको विषय मात्र होइन, राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हो,’ आङ्देम्बेले भनेका छन्।
उनले सत्ता स्थायी नहुने तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्ने धारणा राखेका छन्।
नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका पक्षमा कांग्रेसको अडान कायमै रहेको उल्लेख गर्दै उनले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
‘आरोपको सत्यतथ्य सार्वजनिक होस् र दोषी देखिए जोसुकै भए पनि कानुनबमोजिम कारबाही होस्,’ उनले भनेका छन्।
लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा नभई न्याय सुनिश्चित गर्ने कानुन आवश्यक रहेको उनको भनाइ छ। राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार हुन नहुने भन्दै उनले सरकार संविधान र विधिको शासनअनुसार चल्नुपर्नेमा जोड दिएका छन्।