गढीमाई मेलाबाट फर्किंदै गरेको स्कारपियो मंगलबार बिहान १ः१५ बजे रौतहटको चन्द्रपुर नगरपालिका-४ धनसर पुलनजिक जंगलमा दुर्घटनाग्रस्त हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनासम्बन्धी मुद्दामा बयानका लागि सोमबार वीरगंज ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ।
गहुँ छर्ने मुख्य समयमै रासायनिक मलको अभावले किसानहरुलाई समस्यामा पारेको छ। मल नपाउँदा छटपटिएका किसानलाई व्यापारीहरुले मनपरी मूल्य लिएर ठगी गरिरहेको पाइएको छ।