कोसी प्रदेशलाई खोरेतमुक्त बनाउने तयारी सुरू भएको छ। कोसी प्रदेश सरकारले तीन वर्षभित्र प्रदेशलाई खोरेतमुक्त प्रदेश बनाउने योजना कार्यान्वयनमा ल्याउन लागेको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।
खेल प्रशिक्षक छनौटमा अनियमितता भएको भन्दै छानबिन समिति गठन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ।