कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) महासंघ काभ्रेको १५ औं वार्षिक साधारण सभा एवं नवौं अधिवेशनले विकास पन्तको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमितिको चयन गरेको छ।
व्यवसायी तथा कवि वसन्त चौधरीले आफ्नो विश्व काव्ययात्राको दोस्रो चरण क्यानडामा सुरू गरेका छन्। आइतबार क्यानडाको राजधानीमा आयोजित कार्यक्रममा कवि चौधरीले एकल कविता वाचन गरेका थिए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र ऐन चाँडै ल्याइने बताएका छन्। सोमबार नेपाल चलचित्र कलाकार संघको ३२ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले बन्ने गरेका चलच...
अमेरिकामा आयोजना भइरहेको न्युयोर्क फेसन वीकको -याम्पमा सेतो गाउनमा देखिएकी नेपालीमूलकी मोडल वर्षा थापाले लगाएको स्यासीमा लेखिएको थियो, ‘को अमेरिकी हुन सक्छ ?’
भुकम्पबाट ढलेको सूर्यविनायक नगरपालिका–४ स्थित अनन्तलिंगेश्वर मन्दिरको पुननिर्माण पुरा भएको छ। पुनःनिर्मित मन्दिरको सोमबार उपप्रधानमन्त्री इश्वर पोखरेल र प्रतिनिधि सभाका सदस्य एवं पूर्व मन्त्री महेश बस...
शान्तिनगरका क्षितिज प्रधानले मोबाइल बैंकिङ सेवा लिएको एक वर्ष भयो। सहकर्मीले उक्त सेवा लिएका कारण सानोतिनो कारोबारको लागि बैंक धाउन नपरेको देखेपछि आफू पनि लोभिएको उनले बताए।
दक्षिण एसियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेछन्।
सुन्दर यातायात प्रालिका बिजुली बस बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा गुड्ने भएका छन्। प्रालिले ल्याएका विद्युतीय बस सेवाको सोमबार उद्घाटन गरिएको छ।