एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालले विश्व स्वास्थ्य महामारी सम्झौतामा क्षेत्रीय देशहरूको समतामूलक पहुँचको सुनिश्चितता हुने गरी पारित हुनु पर्नेमा जोड दिएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको पदभार ग्रहण गरेको एक सय दिन पुगेको अवसरमा स्वास्थ्य सेवा र संस्था सुधारमा जोड दिएको घोषणा गरे।
सरकारले घोषणा गरेको महिलाको पाठेघरको क्यान्सरविरुद्धको खोप (एचपिभी) यो वर्ष झन्डै १७ लाख बालिका तथा किशोरीलाई दिने तयारी भएको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले जनाएको छ।
जलन सेवा भएका अस्पतालबाट तत्कालै निःशुःल्क सेवा दिइनेछ। यो सेवा नभएका अस्पतालमा सेवा थप गरी निःशुल्क प्रदान गर्ने तयारी भएको मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए।
तापक्रम घट्दै जाने क्रममा प्रकोप फैलिएका जिल्लाहरूमा संख्यात्मक रूपमा नयाँ संक्रमित संख्या घटेको देखिएको र केही जिल्लामा अहिले पनि संक्रमण जारी रहेको, केही जिल्लामा उस्तै संख्यामा संक्रमण फैलिरहेको हु...