कर्णालीका १० जिल्लामा नेपाली कांग्रेस संगठन सुदृढ यात्रा चैत २ गतेदेखि सुरु हुने भएको छ। सल्यानको कपुरकोटबाट सुरु भएर हुम्लाको सिमिकोट पुगी यात्राको अन्त्य हुने जनाइएको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा अवैध सञ्चालन गरिएको व्यापारिक सटरहरू भत्काउन लागेको डोजरमाथि ढुंगामुढा भएपछि केही घण्टा रोकिएको थियो।
सुर्खेत नगर विकास समितिको जग्गामा वर्षैदेखि पहुँचको भरमा बनाइएका संरचना भत्काउन ३५ दिने सूचनाको म्याद सकिएसँगै व्यवसायीहरूले नभत्काउन आन्दोलन गरिरहेका छन्।