मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर प्रदेशको समुन्नतिका लागि प्रदेश सरकारले अघि सारेका कार्य योजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन्।
सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि यस नगरपालिकाको भूगोलभित्रको बलान र खुट्टी खोलामा ढुंगा, बालुवा, गिट्टी संकलन गर्न जयकाली सप्लायर्ससँग ठेक्का सम्झौता ग¥यो।
तालिम साउनमा भईरहेपनि व्यानरमा भने असार १८ देखि २१ गते लेखिएको उनले स्वीकारिन्। न्यायिक समितिको दक्षता अभिवृद्धिको लागि छुट्याइएको बजेट खर्च गर्न अहिले कार्यक्रम गरिरहेको उनको भनाइ छ।
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले मधेस प्रदेशका पूर्व अर्थमन्त्री विजयकुमार यादवलाई नौ वर्ष एक महिना जेल सजायको फैसला सुनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि खरिदमा भ्रष्टाचार गरेको अभियोगमा सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र लेखापाल सरेश कुमार कुसियैतमाथि भ्रष्टाचार विरुद्ध मु...