मोरङको पथरीशनिश्चरेमा बिहीबार राति बहिनीले आफ्नै दिदीमाथि खुकुरी प्रहार गरेकी छन्। २९ वर्षीया सुमित्रा राईले खुकुरी प्रहार गरेर दिदी ४० वर्षीया लक्ष्मी राईलाई गम्भीर घाइते बनाएकी हुन्।
विराटनगर महानगरपालिका–१५ जितु मेडिकल नजिक बुधबार राति करिब १२ बजेतिर धारिला हतियार प्रहारबाट विराटनगर–१५ का २२ वर्षीय विशाल तामाङ र २१ वर्षीय सन्देश लिम्बू घाइते भएका हुन्।
पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–४ बेतनामा ३ जना सवार स्कुटर मंगलबार राति ट्रकमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ। स्कुटरमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन्।