डम्बर विदेशिएको समय हिजोआज जस्तो फोनको सुविधा थिएन। चिट्ठीपत्रबाट सञ्चोविसञ्चो र हालखबर आदान–प्रदान हुन्थ्यो। मलेसिया पुगेको अढाई वर्षसम्म उनी चिट्ठीपत्र पठाएर परिवारको सम्पर्कमा रहे। तर, सन् २००६ देख...
'एक स्थानीय तह एक खेलमैदान' निर्माण गर्ने संघीय सरकार र स्थानीय सरकारको अवधारणा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको खेलमैदान निर्माणको काम सुरुवाती चरणबाटै विवादमा फसेको हो।
सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकासँग सम्झौता गरेको बैंकले सम्झौता अनुसार टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रभावकारी व्यवस्थापन गर्न नसक्दा सेवाग्राही निराश देखिएका छन्।
चखेवाभञ्ज्याङ–दिक्तेल सडकको पाँच प्याकेजमध्ये भरतमैनाचुली सिद्धिसाई जेभीले ठेक्का लिएको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर)को काम अन्य प्याकेजको तुलनामा सबैभन्दा बढी सुस्त देखिएको छ।
२०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो।
स्थानीय खोला, नदी तथा खानीबाट मनोमानी ढंगले हुँदैआएको ढुंगा, गिटी, वालुवा तथा माटो उत्खनन नियन्त्रणका लागि गाउँपालिकाले गाउँसभामार्फत ‘वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन, २०७८’ जारी गरेको हो।
बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको शंखेश्वर मन्दिरको गुठी र सो आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरालाई शनिबार जेसिभि लगाएर भत्काएको हो।