खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम गुणस्तरहिन भएको व्यापक जनगुनासो आएपछि केही समयअघि जिल्लाका जनप्रतिनिधिले चासो देखाए । प्रदेशसभा सांसद (हाल प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री)...
हाल हलेसीमा सञ्चालनमा रहेका साना तथा ठूला लगानीका होटलमा ताला लागेको छ । ग्राहक नआउँदा हलेसीका होटल व्यवसायीलाई दैनिक औसतमा १० लाखको घाटा भइरहेको होटल व्यवसायी संघ हलेसीका अध्यक्ष रुद्र गिरीले बताए ।
कोभिड–१९ को दोश्रो लहरको महामारी रोकथाम तथा न्यूनीकरणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालयको अत्यावश्यक सेवा वाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हाे।
खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोईराला बेपत्ता भएको १९ वर्षपछि घर आइपुगेका छन्। १७ वर्षको उमेरमा २०५८ सालमा काठमाडौं सानेपाबाट बेपत्ता भएका विज्ञान बुधबार घर आइपुगेका हुन...
खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बुका उद्योग बाणिज्य संघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बशन्तकुमार नेम्वाङ समक्ष मिर्चैया–कटारी–घुर्मी सडक स्तरोन्नतीको माग गरेका छन् ।
कोरोना महामारी अघि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ बाली विज्ञान विषयको पठन–पाठन नियमित थियो ।