आफ्नो स्वकीय सचिव मार्फत उपभोक्ता समितिको खाताबाट रकम झिकेर निजी खातामा राख्न लगाएर आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले उनलाई पक्राउ गरेपछि प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको हो ।
धनुषाको औरही गाउँपालिकाका पूर्वअध्यक्ष ब्रह्मदेव यादव र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुवोध कुमार ठाकुरसहित १५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गराइएको छ ।
गृहमन्त्री रमेश लेखकको आतिथ्यमा मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्रालयले आयोजना गरेको बैठकमा नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, नेपाली सेनाका रथी निर्मलकुमार था...