केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री सिंहले शनिबार प्रदेश सभामा विश्वासको मत मागेका थिए । सिंहले विश्वासको मत माग्दा १०७ सदस्यीय प्रदेशसभामा १०१ सांसद उपस्थित थिए।
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन्। सङ्घीय सत्ता समीकरण अनुसार मुख्यमन्त्री सिंहले शनिबार चार दलका ६ मन्त्रीलाई सरकारबाट हटाउँदै बर्खास्त गरेका हुन्।
मधेस प्रदेश सरकारका ६ जना मन्त्रीलाई हटाउन लागेका छन्। जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका...