१५ वैशाख २०८१ शनिबार
image/svg+xml
सुरेश किरण


सुरेश किरणका लेखहरु :

जात्रादेखि ‘जात्रा’सम्म

रथ जात्रा जतिसुकै लामो चले पनि असोज महिनासम्म जात्रा नसकिएर बुंगद्यः रथभित्रै रहे भने बुंगद्यःलाई भक्तपुरवासीले लैजान्छन् भन्ने किंवदन्ती पाइन्छ । गएको साता बुंगद्यःको रथ जात्रा सम्पन्न गर्न केही युवाले जो हतारो गरे, त्यसको पछाडि पनि यही मनोविज्ञान लुकेको ठानिन्छ ।

नेकपा एअरवेज

नेकपा एअरवेजले नयाँ जेट विमान ल्याएको छ । प्रतिस्पर्धाको युग छ । अतः अरुले भन्दा प्रगति गर्ने हो भने विमान नयाँ–नयाँ नै चाहिन्छ।

एकताको खुसी

अन्ततः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता हुने भएछ, हुने भएछ के, भयो नै भनौँ न । अब एकताका लागि गर्न बाँकी केही पनि रहेन । सबै कुरा भइसक्यो । तथापि केही शंकालुहरू के भन्छन् त भन्दा दुई पार्टीको एउटै केन्द्रीय कमिटी पनि बन्यो, एउटै पार्टी पनि बन्यो, एउटै विधान पनि बन्यो, निर्वाचन आयोगमा दर्ता पनि भयो । तर, एकता चाहिँ भएको छैन।

मेरो तिन तोला सुन

हिजो कै मात्र कुरा हो । अफिसबाट आएर घर के पुगेको थिएँ, मेरो सातो उड्यो । कारण, घरको मूल ढोका खुलै थियो । कोठा पनि खुलै थियो । अझ सबैभन्दा ठूलो कुरा त दराज पनि खुलै थियो । घरको यो अवस्था देखे पछि बुझिहालियो, घरमा चोर पसेको रहेछ । त्यो पनि दिउँसै।

जनकपुर जहाज

भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी यसपटक जनकपुर हुँदै काठमाडौं आउने भएका छन् । हाम्रोमा सामान्य कूटनीतिक चलन के हो त भन्दा कुनै पनि विदेशी सरकार प्रमुख अथवा राष्ट्र प्रमुख नेपालको भ्रमणमा आउँदा सुरुमा आउने त राजधानी काठमाडौं नै हो ।

बेखानाराँ इंग्लिस बोर्डिङ स्कुल

खास नाम त उसको बेखानारायण हो । तर, सजिलो प्रयोगका लागि ‘बेखानाराँ’ हुन पुग्यो । भाषा खिइँदै जान्छ भनिन्छ नि । बेखानारायण पनि खिइँदै–खिइँदै बेखानाराँ भएको हुनु पर्छ।

नयाँ ललिपप

कुरा भारततिरको हो । अझ भारत के, नयाँ दिल्ली कै भनौँ न जहाँ हाम्रा प्रधानमन्त्री कमरेड खड्गप्रसाद ओलीको राजकीय भ्रमण भर्खरै सम्पन्न भएको छ । प्रधानमन्त्री भ्रमण सक्काएर फर्कनुभएको केही दिनपछि नै मेरा मित्र भजनलाल नयाँ दिल्लीको भ्रमणमा गएका थिए।

सम्बन्धको पुरानीकरण

प्रधानमन्त्री केपी ओली पुनः भारत भ्रमणमा जानुभएको छ । पुनः किन भनियो भने यो भन्दाअघि पनि प्रधानमन्त्री हुँदा उहाँ भारत जानुभएको थियो । अहिले फेरि प्रधानमन्त्री बन्नुभएको छ । र, फेरि भारत जानुभएकाे छ ।

युरोपियन क्रोध

सरकार यति बेला बहुत क्रुद्ध छ । सरकार मात्र होइन, विपक्षी पनि क्रुद्ध छ । जो विपक्षी होइनन्, उनीहरू पनि क्रुद्ध छन् । यसर्थ यति बेला पूरा देश नै क्रुद्धमय छ भन्दा फरक नपर्ला।

श्रीमान्–श्रीमानजी

अन्ततः श्रीमान् गोपालप्रसाद पराजुली प्रधानन्यायाधीशको पदबाट मुक्त हुनुभयो । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष उहाँले बुझाउनुभएको राजीनामा स्वीकृत भएपछि उहाँ पदबाट मुक्त हुनुभएको थियो । तथापि उहाँको पदमुक्तिबारे पनि विवाद नभएको होइन । उहाँले पदमुक्त भएपछि राजीनामा दिनुभएको हो कि राजीनामा दिए पनि पदमुक्त हुनुभएको हो ?

दौरा–सुरुवाल

प्रतिनिधिसभाको सभामुख पदमा भर्खरै निर्विरोध निर्वाचित हुनुभएका कमरेड कृष्णबहादुर अकस्मात दौरा–सुरुवालमा प्रकट भएपछि पूरा संसद् सचिवालय नै चकित हुन पुग्यो । सचिवालयको भित्र–बाहिर, तलतिर माथितिर, उतातिर, यतातिर, चारैतिर एउटै कुराको चर्चा चल्यो– सभामुखज्यू त दौरा–सुरुवालमा आउनु भएछ, के भो आज ? वा के भएन ? दिनभरिको चर्चा त्यसैमा केन्द्रित रह्यो।

सिंहदरबारको बिरामी

सरकारले सिंहदरबार भित्रै एउटा छुट्टै स्वास्थ्य क्लिनिक पनि सञ्चालन गरेछ । यसलाई एक किसिमले स्वास्थ्य सुविधा दिएको भन्दा पनि हुन्छ । तसर्थ सिंहदरबारसँग अब आफ्नै स्वास्थ्य क्लिनिक पनि भएको छ । स्वास्थ्यका लागि सिंहदरबार अब आत्मनिर्भर बनेको छ।

बालुवाटारको होली

बालुवाटार प्रांगणमा लगातार यही होली गुन्जिरहेको छ । र, गीतकै धुनमा नेता तथा कार्यकर्ता नाची पनि रहेका छन् । साथै एकले अर्कोलाई पानी छ्यापेर, रंग दलेर होली खेली पनि रहेका छन्।

बिजनेस वार्ता

भित्र वार्ता चलिरहेको थियो । बाहिर सञ्चारकर्मी एवं अन्य प्रकारका कर्मीहरू प्रतीक्षारत थिए । सबैको चासो एकै ठाउँमा केन्द्रित थियो– वार्ता के भयो ? भित्रबाट खबर आउँथ्यो, वार्ता हुँदै छ, कुरा मिल्ने देखिन्छ।

प्रहरी मेरो साथी !

राजनीतिक पार्टीहरूले चुनावका बेला समाज बदल्ने वाचा गरेका थिए । वास्तवमा पार्टीहरूले चाहेजस्तै समाज बदली पनि रहेको छ । समाजको बदलिँदो एउटा रूप गएको हप्ता राजधानीको दरबारमार्गमा देखियो । जस्तो कि पत्रपत्रिकामा समाचार आएकै घटना हो, बलात्कार काण्ड । त्यो पनि सानोतिनो काण्ड होइन, ठूलै काण्ड ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्