१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अलाइना बि. टेपलेट्ज


अलाइना बि. टेपलेट्जका लेखहरु :

राजनीतिभन्दा माथि समृद्धि

संयुक्त राज्य अमेरिका र नेपालबीच सम्बन्ध स्थापित भएको ७०औँ वर्षको अवसरमा हामीले मनाइरहेको विशेष उत्सव अब अन्तिम चरणमा आइपुगेको छ । म यस बेला हाम्रो सम्बन्धका आगामी ७० वर्ष कस्ता होलान् भन्ने कल्पना गरिरहेकी छु । बलियो साझेदारी त हामीसँग छँदैछ । अबको प्रश्न हामी त्यसलाई अर्को तहमा कसरी पु¥याउन सक्छौँ भन्ने हो । सन् २०१७ को अन्तिम महिनामा म केही चिन्तनमनन गर्न चाहन्छु– नेपालको पूर्ण सम्भावनालाई वृद्धि गर्न सम्भव बनाउने परिवर्तनहरू के हुन् ? हामी कसरी अझ प्रभावकारी तरिकाले सहकार्य गर्न सक्छौँ ?

बलियो शासनका लागि पारदर्शिता

भ्रष्टाचारले लोकतन्त्रलाई क्षति र नजरअन्दाज गर्नसक्छ र आर्थिक वृद्धिको घाँटी निमोठ्न सक्छ । भ्रष्टाचारको केन्द्रविन्दुमा व्यक्तिगत उपलब्धिका लागि गरिने अख्तियारको दुरुपयोग रहेको हुन्छ । जुन रकम प्रयोग गरेर बालबालिकालाई खुवाउन, विद्यालयमा आपूर्ति गर्न वा पूर्वाधार निर्माण गर्न सकिन्छ, त्यस्तो रकमलाई भ्रष्टाचारले गलत दिशामा प्रवाह गराउँछ ।

पढ्न अमेरिका जाने विचार छ?

अमेरिकी विश्वविद्यालयमा प्रवेश पाउने सजिलो वा छरितो तरिका छैन। त्यसैले यस्तो आश्वासन दिने कन्सल्टेन्सीको सेवा आवश्यक छैन।

महिलाको जीत, सबैको जीत

परिवर्तन रातारात हुँदैन तर महिला तथा बालिकाको सशक्तीकरणका लागि हामीसँग कुरेर बस्ने समय पनि छैन। सहकार्य र सामूहिक प्रयत्नमार्फत हामीले काम अहिले नै थाल्नुपर्छ।

विपद् व्यवस्थापनमा नेपाल

पुनर्निर्माणका नीति र योजना पूर्णरूपमा कार्यान्वयन हुनु अत्यावश्यक छ। आफ्नो विशेषाधिकारको सदुपयोग गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पूर्णरूपमा सशक्त रहनु र प्राधिकरणका साथै त्यसका अधिकारीहरू राजनीतिबाट पर रहनु महत्वपूर्ण छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्