१७ वैशाख २०८१ सोमबार
image/svg+xml
शालिक भट्ट


शालिक भट्टका लेखहरु :

'माओवादी एमाले नै बन्नु थियो भने जनयुद्धको अस्तित्व के?’

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको विषयमा अन्य पार्टीका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।  माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टीको संयोजक बनेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टी एकताको विषयमा ट्वीट गर्दै भनेका छन्, ‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५ औँ स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन आजैका दिन एमाले माओवादी केन्द्र विलयको घोषणाको कुनै सांकेतिक अर्थ ?

चारदिन सम्म पनि उठेन महानगर अगाडिकाे सिनो

काठमाडौँ महानगरपालिकाको कार्यालय बागदरबार नजिकै चार दिन देखि मरेको चरा बेवारिसे अवस्थामा छ।

धुर्मुस सुन्तलीलाई ओलीले भने : तपाईहरू काम सुरु गर्नुहोस, सरकार सकारात्मक छ

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका धुर्मुस सुन्तलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रबार साँझ साढे सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच झण्डै एक घण्टा कुराकानी भएको थियो। कुराकानीका क्रममा धुर्मुस सुन्तलीले कुनैपनि हालतमा अन्तर्राष्ट्रिय रंगशाला बन्नुपर्ने र यो सरकारकै अगुवाईमा बन्नुपर्ने बताएका थिए।

समाजको यथार्थ बताउने ‘मेटासिड’

पूर्वी पहाडको एउटा गाउँ ।  अनि गाउँमा बस्छन् भूतपूर्व लाहुरे इमानसिंह । बार्दलीसहितको दुई तले घर अनि घरमा पाँच जनाको परिवार। परिवारमा इमानसिहं( अंकित खड्का) उनकी श्रीमती (सुप्रिया राना) जेठी छोरी मन्दिरा( दिपिका थापा), छोरा राजकुमार(रोहित पौडेल) अनि कान्छी छोरी (प्रनिसा खड्का)छन्। इमानसिंह अलि हक्की स्वभावका भएका कारण उनीसँग सबै डराउँछन्।

पाकिस्तानको कार्यक्रममा घन्कियो नेपाली गीत

शुक्रबार पाकिस्तानले आफ्नो ७८ औँ राष्ट्रिय दिवस मनाइरहँदा नेपालमा पनि पाकिस्तानी राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो।पाकिस्तानी दूतावासको आयोजनामा शुक्रबार साँझ काठमाडौँमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानसेनापति राजेन्द्र क्षत्री, काँग्रेस नेता रामचन्द्र पौडेल, नेपालका लागि भारतीय राजदूत मञ्जिप सिंह पुरी लगायतको उपस्थितिबीच पाकिस्तानको राष्ट्रिय दिवस मनाइयो।

टुँडिखेलबाट हजाराैँले वाचन गरे बुद्धवचन (फोटो /भिडियाे)

टुँडिखेलमा जम्मा भएर हजारौंले गौतम बुद्धको उपदेश धम्मपद वाचन गरेका छन्। आयोजक विश्व कीर्तिमानी परिषद् नेपालले ७५ हजार जना आधिकारिक पास लिएर कार्यक्रममा सहभागी भएकाे दावी गरेकाे छ।

‘मैले गाडी चलाउँछु भन्दा सचिवज्यूले दिनुभएन’ (भिडियो)

शनिबार विहान ३ बजे सिचाईं मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव सवार जिप दुर्घटना भयो। कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ सलाङघाटस्थित त्रिशुली नदीमा खस्यो।

घरमै यसरी बनाअाैँ चाकु (फोटो फिचर)

माघे संक्रान्ति आउन एक दिन बाँकी रहँदा बजारमा चाकुले राम्रै व्यापार पाइरहेको छ । हुन त चाकु भन्ने बित्तिक्कै सबैले मकर संक्रान्ति अर्थात माघ १ लाई सम्झिन्छाैँ हामी ।

धुर्मुसको एकीकृत बस्ती निर्माणमा आर्थिक अभाव

धुर्मुस सुन्तली फाउण्डेसनले बनाइरहेको रौतहटको एकीकृत नमुना सन्तपुर बस्ती सम्पन्न हुन केही बाँकी रहँदा निर्माणका लागि रकम अपुग भएको छ।

‘जेब्रा क्रसिङ’मै असुरक्षित पैदल यात्रु (भिडियो)

खाल्डाखुल्डी र धुलोले भरिपूर्ण काठमाडौंका सडकमा गाडीको चाप अत्यधिक छ। मेटिन लागेका जेब्राक्रस र गाडीको तीब्र गति। पैदल यात्रु गन्तव्यसम्म पुग्ने हुन् कि अस्पताल सधैँ जोखिम हुनेगर्छ। जेब्रा क्रसिङ भनेको पैदल यात्रुलाई बाटो काट्न बनाइएका विशेष ठाउँ हो।

भारतसँग सुमधुर सम्बन्ध राख्न कटिबद्ध छौँ : केपी ओली (भिडियो)

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतसँगको सम्बन्ध सुमधुर राख्न आफूहरू कटिबद्ध भएको बताएका छन्।

नुवाकोटमा काँग्रेसको खानदानी राजनीति समाप्त

नुवाकोटमा आफ्नो पकड क्षेत्र बनाएर बसेको नेपाली काँग्रेसले यसपाली भने आफ्नो विरासत जोगाउन सकेन। पछिल्लो समय नेकपा माओवादी केन्द्र र एमालेले तालमेल गरेपछि काँग्रेसले आफ्नो बिउ समेत जोगाउन नसकेको हो। २०६४ सालमा तत्कालीन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका रामशरण महतले नेकपा माओवादीका हितबहादुर तामाङलाई हराउँदै काँग्रेसको साख बचाएका थिए। यसपाली भने उनलाई जनताले पत्याएनन्। ०६४ मा क्षेत्र नम्बर १ मा काँग्रेसका अर्जुन नरसिंह केसीलाई हराउँदै माओवादीकी विमला सुवेदीले जित हासिल गरेकी थिइन् भने तीनमा माओवादी कै पोष्टबहादुर बोगटी विजयी भएका थिए।

काठमाडौं ६ एमाले र ४ मा काँग्रेस विजयी

काठमाडौँका १० क्षेत्र मध्ये ६ वटामा नेकपा एमाले र बाँकी ४ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।  क्षेत्र नम्बरमा १, ४, ६ र १० मा नेपाली काँग्रेसले विजय हासिल गरेको हो भने  २,३, ५, ७, ८ र ९ मा नेकपा एमालेले विजय आफ्नो जित सुनिश्चित गरेको हो।

काठमाडौँमा काँग्रेस र एमाले ४–४ स्थानमा विजयी

दोश्रो चरण अन्तर्गत काठमाडौँमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनकोे पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर १, ४,६ र १० मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ भने ३, ८ र ९ मा नेकपा एमालेले विजय हासिल गरेको छ।  क्षेत्र नम्बर १ मा काँग्रेसका प्रकाशमान सिंह १०९३६ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी विवेशील साझाका रविन्द्र मिश्रले १०११८ मत प्राप्त गरे । त्यस्तै क्षेत्र नम्बर ४ मा काँग्रेसका गगन थापा २१५५८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १८१४० मत प्राप्त गरे । क्षेत्र नम्बर १० मा  काँग्रेसका राजन केसीले २४१९० मत प्राप्त गर्दा माओवादीका हितमान शाक्यले २१९०७ मत प्राप्त गरे।

मण्डलामा ‘लाटीको छोरो’ (फोटो फिचर)

नेपालीमा एउटा उखान छ ‘जो होचो उसैको मुखमा घोचो’ अर्थात जो निर्वल छ, जो असहाय छ उसैलाई नै दुःख बढी पर्छ, समाजले अपहेलना गर्छ। यस्तै समाजबाट हेपिएकी पात्र हो लाटी ।  नेपालको पूर्वी तराईमा अवस्थित डोम बस्तीमा बस्ने लाटीको कथा बोकेको नाटक ‘लाटीको छोरो’ यतिबेला काठमाडौँको मण्डला थिएटरमा प्रदर्शन भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्