१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विशन क्षेत्री


विशन क्षेत्रीका लेखहरु :

गण्डकी कलेजमा शुल्क विवाद : विद्यार्थीले लगाए ओपिडीमा ताला

पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) का विद्यार्थीले अनधिकृत शुल्क असुली भएको भन्दै आन्दोलन चर्काएका छन्। उनीहरुले मंगलबार साँझदेखि अस्पतालको ओपिडी सेवामा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

सांसदको सुविधामा साढे ४ करोड खर्च

गण्डकी प्रदेशका सांसदहरुको पारिश्रमिक र सेवा सुविधामा साढे चार करोड रुपैयाँ खर्च भएको छ। गत वर्ष माघ ७ गते सपथ लिएका सांसदहरुले हालसम्म पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा शीर्षकमा चार करोड ४८ लाख ९८ हजार आठ सय ४१ रुपैयाँ खर्च भएको हो।

गण्डकी मेडिकल कलेजमा मनपरी शुल्क

गण्डकी मेडिकल कलेज (जिएमसी) का विद्यार्थी प्रशासनले अवैधानिक रुपमा मनपरी शुल्क लिएको भन्दै आन्दोलनमा उत्रिएका छन्। प्रशासनले अवैध रुपमा लिएको शुल्क फिर्ता लिनुपर्ने मागसहित उनीहरु केही दिनयता निरन्तर धर्ना र प्रदर्शनमा उत्रिएका छन्। आइतबार उनीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्।

कर्मचारीलाई दैनिक ५ सय भत्ता

सार्वजनिक बिदामा काम गर्ने सरकारी कर्मचारीले दैनिक ५ सय रुपैयाँ भत्ता पाउने भएका छन्। शनिबार सहित अन्य सार्वजनिक बिदामा सरकारी  काम गर्ने कर्मचारीलाई प्रदेश सरकारले दैनिक ५ सय रुपैयाँ ओभरटाईम भत्ता दिने भएको हो। यस्तै, कार्यालय समयभन्दा २ घण्टा अघि÷पछि काम गर्ने कर्मचारीले २ सय ५० रुपैयाँ भत्ता पाउनेछन्।

पोखरामा सरकारी गाडीमा आगजनी

शनिबार बिहानै कास्कीमा सरकारी गाडीमाथि आगजनी भएको छ। कास्की प्रहरी प्रमुख ओम रानाका अनुसार आगजनी कसले गरेको भन्ने अझै पत्ता लाग्न सकेको छैन।

लेखाले माग्यो ईन्धनको विवरण

गण्डकी  प्रदेशको सार्वजनिक लेखा समितिले मन्त्रीहरुले ईन्धनमा दोहोरो सुविधा लिएको प्रति चासो देखाएको छ। मंगलबार बसेको समितिको बैठकले सम्बन्धित मन्त्रालयसँग यस विषयमा जानकारी माग्ने निर्णय गरेको हो।

भारतीय गाडी चढेर संसदमा मनाङेको ईन्ट्री

सपथग्रहण गरेको भोलिपल्टै मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे भारतीय गाडी लिएर प्रदेशसभामा छिरेका छन्।

अब माननीय ‘मनाङे’

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको बोली फेरिएपछि डनको छवि बनाएका मनाङ (ख) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेका लागि प्रदेशसभाको ढोका खुलेको छ।

मनाङेले लिए प्रदेशसभा सांसदकाे सपथ (फोटो/ भिडियो)

मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित राजीव गुरुङ उर्फ दिपक मनाङेले पद तथा गाेपनीयताकाे सपथ लिएका छन्। उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराएका हुन्।

सर्वोच्चको फैसला कार्यान्वयन हुँदै, फेवातालमा महानगरको डोजर

फेवाताल संरक्षणको लागि पोखरा महानगरपालिकाले तालमा थुप्रिएको माटो झिक्न डोजर लगाएको छ। सोमबार बिहान हल्लनचोक नजिक बङ्लादी खोला र ताल मिसिने ठाउँबाट माटो झिकिएको हो।  खहरे खोलाहरुले बगाएर ल्याउने माटोले फेवातालको आकार साँघुरिँदै गएपछि महानगरले तालको सफाई गर्न लागेको हो।

'चुरोट सित्तैमा दिए १० हजार जरिवाना'

सित्तैमा चुरोट दिँदा वा उपहारको रुपमा वितरण गर्दा ख्याल गर्नुहोस् १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ला। चुरोट मात्रै होईन सूर्तिजन्य पदार्थ अन्तर्गत पर्ने बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी, जर्दा, गुट्खा, सूर्ति वा सूर्तिजन्य पदार्थ कसैले पनि वितरण गर्न वा उपहार दिन पाउने छैन्।

सरकारविरुद्ध तरुण दलको खबरदारी, दुई तिहाईको दम्भ सैह्य हुँदैन (फोटोफिचर)

सरकारका पछिल्ला गतिविधि, निर्मला पन्तको बलात्कार पछि हत्या र न्याय दिन नसकेको, कांग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेको, चिकित्सा शिक्षा विधेयक जस्ता कारण देखाउँदै पोखरामा शुक्रबार नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले बृहत विरोध प्रदर्शन गरेको छ।

१७ अर्ब लगानीमा पोखरा चक्रपथ निर्माण प्रस्ताव

सवारी चापले साँघुरिँदै गएको पोखरा महानगरपालिकाभित्र एक सय २० किलोमिटर लामो चक्रपथको प्रस्ताव आएको छ। चिनियाँ टोलीसँग अघिल्लो हप्ता प्रदेश सरकार र स्थानीय सरकारको उपस्थितिमा चक्रपथको प्रारम्भिक छलफल गरिएको छ।

सर्वोच्चको आदेश कार्यान्वयन गर्न मन्त्रीस्तरीय समिति

जलमाफियाको अतिक्रमणमा परेको फेवाताललाई पुरानै संरचनामा फर्काउन गण्डकी प्रदेशमा मन्त्रीस्तरीय समिति गठन गरिएको छ। सर्वोच्चको आदेश अनुसार फेवाताल सम्बन्धिको फैसला कार्यान्वयन गराउने दायित्व प्रदेश सरकारको पनि हो र सोही फैसला कार्यान्वयन गर्न बुधबारको मन्त्रिपरिषद बैठकले पर्यटन सम्बन्धित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा ११ सदस्यिय समिति गठन गरेको हो।

मनकारी सांसद : सुविधामा पैसा थपेर समाजसेवा

गतसाल माघ ७ गते प्रदेशसभामा सपथग्रहण गरेपछि गोरखा २ (ख) का प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले घोषणा गरेका थिए कि, ‘प्रदेशसभा सदस्य भएबापत मैले पाउने सबै सुविधा जनताका लागि विकास र सामाजिक क्षेत्रमा खर्च गर्नेछु।’ सपथ लिएकै दिन उनले सार्वजनिक गरेको प्रतिबद्धताको ठिक १ वर्ष पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्