१९ वैशाख २०८१ बुधबार
image/svg+xml
विष्णु अर्याल


विष्णु अर्यालका लेखहरु :

मन्त्रालयले रोकिदियो आठ अर्बको कार्यक्रम

प्लान इन्टरनेसनलको आठ अर्ब रुपैयाँको परियोजना वास्तविक कामभन्दा पनि सफ्टवेयर (नदेखिने अभौतिक काम) मा केन्द्रित देखिएपछि मन्त्रालयले उक्त कार्यक्रम अस्वीकृत गरेको छ ।

चिकित्सा क्षेत्रमा बौद्धिक चोरीको बिगबिगी

नाइजेरियामा गरिएको एक अनुसन्धानलाई पश्चिम नेपालमा गरिएको भन्दै बाली मेडिकल जर्नल र नेपाल मेडिकल जर्नलमा लेख प्रकाशित गर्ने चिकित्सकले यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसरी लेख प्रकाशित गराउने पाँचसदस्यीय टोलीका एक काठमाडौं विश्वविद्यालयको बायोकेमेस्ट्री विभाग तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरका लेक्चरर मुकेशकुमार (एमके) श्रीवास्तवले विगतमा गल्ती गरेको बताए । ‘हामी बौद्धिक चोरीका बारेमा त्यति जानकार थिएनौं,’ श्रीवास्तवले भने, ‘टोलीका अन्य साथी देशबाहिर छन् । मसहित मेरो परिवारका सदस्य निकै ठूलो मानसिक दबाबमा छौं । मेरो बुबालाई हृदयाघात भयो ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्