१७ वैशाख २०८१ सोमबार
image/svg+xml
आशिष गजुरेल


आशिष गजुरेलका लेखहरु :

मेट्रो रेलको औचित्य

देशको केन्द्रीय राजधानी काठमाडौँमा द्रुत गतिमा बढ्दो जनसंख्या र सँगसँगै थपिएका सवारी साधनका कारण सार्वजनिक यातायातको व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको अवस्थामा केही वर्षदेखि उपत्यकामा रेल सेवा सञ्चालन गर्नुपर्ने विषय बहसको केन्द्रमा रहेको छ। अस्थायी र स्थायी रूपमा बसोवास गर्नेसहित ४० लाखभन्दा बढी जनसंख्या भएको काठमाडौँ उपत्यकामा व्यवस्थित सार्वजनिक यातायातका लागि विभिन्न अध्ययनले आवश्यकता औँल्याउँदै आएको रेल सेवाको विषय हालै सम्पन्न भएका स्थानीय, प्रादेशिक एवं संघीय चुनावको प्रमुख अजेन्डामध्ये एउटा थियो।

अर्को अन्तर्राष्ट्रिय विमानस्थल कहिले ?

हाल निकै न्यूनमात्रामा उठ्ने गरेको गैरउडान राजस्वमा निजी क्षेत्रको संलग्नताले बढोत्तरी हुनेछ र यात्रुलाई गुणस्तरीय सेवा दिन सकिनेछ । निजी क्षेत्रले विमानस्थल सञ्चालन गरेपनि संवेदनशील कार्यहरू अध्यागमन, भन्सार, सुरक्षा, हवाइ ट्राफिक सञ्चार, मौसम विज्ञान जस्ता क्रियाकलाप नेपाल सरकारले नै सञ्चालन गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्