१७ वैशाख २०८१ सोमबार
image/svg+xml
डा. सुभाष पोखरेल


डा. सुभाष पोखरेलका लेखहरु :

ल्याब-मुटुको भविष्य

अन्तरिक्ष अन्वेषणका क्रममा तत्कालीन शक्ति राष्ट्रहरू अमेरिका र सोभियत संघले धेरै क्षति बेहोरे, दर्जनौँ यान ध्वस्त भए। वर्षौँको असफलता र हन्डरपछि अन्तरिक्ष यान बने, ब्रह्माण्डको खोजी सुरु भयो।

मोटोपन, मधुमेह र मदिरा

तीन, चार दशकअघिसम्म पनि विश्वको ठूलो हिस्सामा खान्कीको अभाव थियो। मानिस भोजनको कमीले हुने कुपोषणजन्य रोगको सिकार थिए।

क्यान्सरजन्य मृत्यु आधा घटाउने उपाय

अन्वेषणले केबल चुरोट, रक्सी र जंक फुडमा मात्र पनि बन्देज लगाउन सक्ने हो भने क्यान्सरका कारण हुने मृतकको संख्या तुरुन्त ५० प्रतिशत घट्ने भन्छ।

विज्ञान, स्वास्थ्य र समाजशास्त्र

निको नहुने अर्बुद रोगको इलाजमा गरिबले आफ्नो घरबार धरौटी राखेर अस्पतालको बिल भुक्तानी गर्ने, पछि बिरामी पनि सन्चो नहुने अनि पूरा परिवार सडकमा आउने परिस्थितिमा पुनर्जागरणको आवश्यकता देखियो। त्यस्तै अवस्थाको पुनरावृत्ति कोरोनाका सम्बन्धमा पनि नहोला भन्न सकिन्न।

इलाजमा नयाँ आयाम

अणुवांशिक मर्मतकालागि एउटा ‘इन्जाइम’ को मात्र भर पर्नेहो भने उक्त प्रोटिनमा खराबी आइविनाशकारी अवस्था आउन सक्ने भएकाले मानिसलगायतका उच्च जीवमा ‘डिएनए’ मर्मतकालागि समानान्तररूपले धेरै इन्जाइम संलग्न हुन्छन्।

‘इन्टर्मिटेन्ट फास्टिङ’का फाइदा

‘इन्टर्मिटेन्ट फास्टिङ’का बेला परिस्थिति फेरिन्छ । शरीरले लामो समयसम्म खाना नपाउँदा इनर्जीका लागि ग्लुकोज उपलब्ध हुँदैन । त्यस्तो अवस्थामा शरीरमा रहेको ‘ट्राइ ग्लिसराइड्स’ले ऊर्जाको आपूर्ति गर्नुपर्ने हुन्छ ।

पेय पदार्थको आदत र यथार्थ

कोल्ड ड्रिङ्क्सको आदत स्वास्थ्यका लागि हानिकारक देखिएकाले कोक र फेन्टाको साटो स्वच्छ पानी पिउने बानी सुरु गरी निरोगी जीवन बिताऔँ।

कोरोना कहरको व्यवस्थापन

कोरोना महामारी सुरु हुनेबित्तिकै संसारभरका मानिसको दैनिकी परिवर्तन भयो। नेपाल अछूतो हुन सम्भव थिएन। अन्यत्रझैँ छोटो समयमै नेपालमा समेत कोरोनाले आफ्नो आयतन बढायो। नेपालीको कार्यतालिका फेरियो। अफिस कार्यालयहरू अनियमित भए। स्कुल कलेजहरू बन्द भए। विद्यार्थीहरू दूरशिक्षाको सहारा लिन पुगे।

नागरिक शक्ति डग्दाका परिणाम

वामदेव गौतम, युवराज खतिवडा अनि उपेन्द्र कोइरालाको नियुक्ति अनि कुलमानको बिदाइ ओलीका पालामा भएकाले खड्गप्रसाद शर्मा नेपालकासबैभन्दा बिकामे प्रधानमन्त्री हुन् कि भन्ने जनतामा भान हुनु अस्वाभाविक होइन ।

औषधि विकासका आयाम

यो महिनाको पूर्वार्द्धसम्मको तथ्यांक हेर्दा संसारमा ३२१ भ्याक्सिनका संभाव्य उम्मेदवार अनुसन्धानका भिन्न चरणमा पुगेका देखिन्छ।

प्रतिरक्षा प्रणालीको प्रतिरक्षा

आहारबिहार तथा दैनिकीमा परिवर्तन गरी भाइरस जित्न सकिन्छ भन्ने कुरालाई हृदयंगम गरी तद्अनुरूपको व्यवहार अंगाल्न आवश्यक छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्