१७ वैशाख २०८१ सोमबार
image/svg+xml
सुबोध गौतम


सुबोध गौतमका लेखहरु :

मन्त्रालय बाँडफाँडमा सकसः सबैलाई चाहियो उप–प्रधानमन्त्री, अर्थ र गृह

नयाँ सत्ता गठबन्धन दलका नेताहरु सम्मिलित बैठकले सरकारमा कुन/कुन दल सहभागी हुने र ती दलले कुन/कुन मन्त्रालय सम्हाल्ने भन्ने बिषयमा छलफल गरे। त्यसो त सत्ता गठबन्धनमा सहभागी दल र ती दलबाट प्रतिनिधित्व गर्ने नेताहरूका केही नामहरू सार्वजनिक भइरहेका छन्।

प्रदूषित हुँदै, पुरिँदै फोक्सुण्डो ताल

झ्वाट्ट हेर्दा गाढा नीलो देखिन्छ, फोक्सुण्डोको पानी। यहाँ आइपुग्ने आगन्तुकलाई आफ्नो स्कूले जीवनमा ‘फाउन्टेन पेन҆ मा भरेको नीलो मसीको याद आउँछ। हुन पनि त्यत्तिकै नीलो छ, फोक्सुण्डो ताल।

शे–फोक्सुण्डो : सबैथोक छ, सरकार उपस्थित छैन

यसबेला फोक्सुण्डो एउटा यस्तो भूगोल हो जहाँ राज्यको उपस्थिति छैन। स्थानीयले आ–आफ्ना घरका ढोका खोलेको महिना दिन बितिसक्दा पनि यहाँस्थित राज्यका कुनै पनि निकायका कार्यालयका ढोका खुलेका छैनन्। हिउँ पर्नुअघि तल झरेका सरकारी निकायका कर्मचारी र सुरक्षाकर्मी अझै माथि उक्लिएका छैनन्।

राष्ट्रपति चुरे भर्ती केन्द्र

एकातिर चुरे संरक्षणका लागि समिति गठन गर्ने र अर्कोतर्फ यसको विनाशको प्रमुख कारणका रूपमा रहेको ढुंगा–गिट्टी निर्यात खुला गर्न दबाब दिने दोहोरो भूमिका सबै दलका नेतृत्व तहमा देखियो । कुल भूभागको १२ दशमलव ७८ प्रतिशत क्षेत्रफल ओगटेको चुरे विनाश हुने अब पक्का छ । कार्यकर्ता, आफन्त भर्ती केन्द्र बनेको समितिबाट संरक्षणको कुनै काम हुनेछैन।

शिवरात्रीमै पानी पर्छ किन?

आइतबार दिनभरको घाम देखेर तपाईहरु सोमबार पनि यस्तै हुन्छ होला भनेर कल्पना गरिरहनु भएको छ भने त्यो गलत हुनसक्छ । किनकी शिवरात्री नजिकिदै छ । सोमबार र मंगलबार आकास सफा हुने संभावना पटक्कै देखिदैन । त्यति मात्र होइन तराई र पहाडका केही स्थानमा असिना पानी पर्न सक्छ । अधिकांश हिमाली क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना छ।

नआत्तिनुस भोलिदेखि घाम लाग्छः मौसमविद्

आकासमा बादल देखेर नआत्तिनुहोस् । यो बुधबार (आज)का लागि मात्र हो । मौसमविद्को अनुमानमा बिहीबार बिहानबाट देशका अधिकांश भूभागमा घाम लाग्छ । बुधबारको बादल बिहीबार बिहानसम्ममा पूर्वबाट बाहिरिन्छ।

नेपाल एलडीसी विज्ञ समूहको अध्यक्षमा निर्वाचित

नेपाल जलवायु परिवर्तन सम्बन्धी महासन्धि अन्तर्गत अतिकम विकसित मुलुकहरुको विज्ञ समूहको अध्यक्षमा निर्वाचित भएको छ ।

आफ्नै गाउँमा घाट, सौर्य बत्ती र सिँचाइ

राष्ट्रिय गौरवको चुरे संरक्षण कार्यक्रम कार्यान्वयनका लागि गठित राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका पदाधिकारीहरूले पदीय अधिकार दुरुपयोग गरी कार्यक्रमको उद्देश्यविपरीत आफ्नै जिल्लामा साना बजेटका टुक्रे कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

‘मंगलबारपछि पानी पर्न सक्छ’

पश्चिम नेपालबाट सक्रिय रुपमा वायु भित्रिन नसक्दा यस वर्ष अहिलेसम्म हिउ“दे वर्षाको संकेत देखिएको छैन। पश्चिमी वायु नचल्दा तराईमा लामो समयदेखि बाक्लो हुस्सु लागिरहेको छ । हिउ“दे वर्षा नहुँदा हिमपातमा पनि कमी आएको छ।

सरकारी भत्ता र गाडिमा घर र माईत

समितिका पदाधिकारी एकाइ कार्यालयका गतिविधि अवलोकन गर्ने नाममा आफ्नो घर र माइतमा गएर बस्ने गरेका छन् । त्यस्तै पदाधिकारी राजनीतिक गतिविधिमा पनि संलग्न हुने गरेको पाइएको छ ।

तापक्रम बढ्दै चिसोबाट राहत

अघिल्लो साताका तीन दिन अत्यधिक चिसो महसुस गरेका राजधानीबासीले अब केही दिन राहत पाउने भएका छन् । पुस २३ देखि २५ गतेसम्म न्यूनतम तापक्रम शून्य रहँदा चिसोले राजधानीबासीलाई अत्याएको थियो ।

चुरे बोर्ड पदाधिकारीको विज्ञतामा प्रश्न

महालेखा नियन्त्रकको कार्यालयले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्षसहित पा“च पदाधिकारीको शैक्षिक योग्यता, अनुभव र विज्ञतामा प्रश्न उठाएको छ ।

अनुदान र कार्बन व्यापारबाट १७ अर्ब ८५ करोड रुपैयाँ

वन मन्त्रालयले वातावरण र वनसँग सम्बन्धित पाँचवटा परियोजना र कार्बन व्यापारबाट १७ अर्ब ८५ करोड रुपैयाँ भित्र्याउने तयारी गरिरहेको छ । यीमध्ये कार्बन व्यापारबाट ७ अर्ब रुपैयाँ र बा“की परियोजनाका लागि अनुदान ल्याउने तयारी गरिएको हो । यसबाहेक पा“चमध्येकै एउटा परियोजनाका लागि १ अर्ब ६० करोड रुपैयाँ ऋण पनि लिइँदैछ ।

काठमाडौंको प्रदूषण असर पाँचखालसम्म

काभ्रेको पाँचखाल उपत्यकामा जब पश्चिमबाट बेगले हावा चल्छ त्यहाँको वायुको प्रदूषण स्तर पनि काठमाडौंकै स्तरमा पुग्छ’, पाँचखालको वायु प्रदूषण अवस्थाबारे अध्ययन गरिरहेका एक विज्ञले भने, ‘कल्पना गरेभन्दा धेरै नै प्रदूषित हुन्छ ।’

चुरे गठन आदेश संशोधन प्रस्तावमा अर्थको सहमति

काठमाडौं- पदबाट बिदा हुन लागेका वनमन्त्री विक्रम पाण्डेले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन आदेश संशोधनका लागि अर्थ मन्त्रालयबाट सहमति लिएका छन् । मन्त्री पाण्डेले आफूनिकटका दुई व्यक्तिलाई समितिको बोर्डमा पार्न गठन आदेश संशोधन प्रक्रिया सुरु गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्