१५ वैशाख २०८१ शनिबार
image/svg+xml
दीपक दाहाल
२०५८ सालदेखि मूलधारको पत्रकारितामा सक्रिय दीपक दाहाल स्वास्थ्य र शिक्षाका विषयमा रिपोर्टिङ गर्छन्। सामाजिक मुद्दाहरुमा दक्खल राख्ने उनी खोजी पत्रकारितामा रुचि राख्छन्।

दीपक दाहालका लेखहरु :

यसरी भेटियो निकास

सुरुदेखि नै अनशनप्रति सरकार सकारात्मक थिएन। डा. गोविन्द केसीले अनशन थालेको दुई साता बितिसक्दा पनि न सरकार सकारात्मक थियो, न डा.केसी पक्ष नै अत्तिएका थियो।

२२ बुँदे सहमतिमा के छ? (पूर्ण पाठ)

चिकित्सा शिक्षा सुधारलगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न माग राखेर विगत २७ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच नौ बुँदे सहमति भएपछि डा. केसीले बिहीबार राति अनशन तोडेका छन्।

काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने सहमति, डा केसीले अनशन तोडे

२७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएको छ। जसमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने मुल बुँदामा लामो छलफलपछि विहीबार राति सहमति जुटेको छ। आफ्नो मुख्य माग पूरा भएपछि डा केसीले अनशन तोडेका छन्।

९ बुँदे सहमतिबाट पछि हट्याे सरकार, हस्ताक्षर गर्न मानेन् (अपडेट)

२७ दिनदेखि अनशन डा. गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच सहमति भएको हो।

डा. केसीसँग आजै समझदारी हुने सम्भावना

चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ।

२५औं दिनमा बल्ल वार्ता

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर डा. गोविन्द केसीले अनशन थालेको २५ औं दिन मंगलबार डा. केसी र सरकारबीच वार्ता सुरु भएको छ ।

डा. केसीको समर्थनमा टिचिङमा रिले अनशन, बसन्तपुरमा सामुहिक सत्याग्रह

नेपाल चिकित्सक संघको आह्वानमा अनशनरत डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरुले त्रिवि शिक्षण अस्पताल परिसरमा आजबाट रिले अनशन सुरु गरेका छन्।

यसरी भेटिन सक्छ निकास

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सोमबार साँझ ट्विट गरे, ‘डा. गोविन्द केसी स्वतन्त्र निर्णय लिन सक्ने अवस्थामा पुग्नुभएको खण्डमा मात्र निःसर्त वार्ता गर्न प्रधानमन्त्री तत्पर हुनुहुनेछ, निःसर्त वार्ता गर्न तयार भए जुनसुकै बेला औपचारिक वार्ता सुरु हुन सक्छ।’

न वार्ता, न उपचार

चिकित्सा शिक्षा सुधारका विविध माग राखी २४ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकार झन् उदासीन बनेको छ ।

डा. केसी समर्थनमा नागरिक अगुवा सडकमा

प्राध्यापक, बुद्धिजीवी, चिकित्सक तथा नागरिक अगुवाहरूले -यालीको अगुवाइ गरेका थिए। अधिकांश प्रदर्शनकारीले हातमा बेलुन बोकेका थिए।

सत्ताधारी नै सञ्चालक

स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सामाजिक न्याय स्थापित गर्ने सोचमा आधारित केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनले दिएको सुझाव नै वाम सरकारका लागि सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ।

चिकित्सकहरु देशव्यापी हडतालमा

अनशनरत डा.गोविन्द केसीको ज्यानै जोखिममा पर्दासमेत निकासका लागि सरकार तत्पर नदेखिएको भन्दै चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले बिहीबार देशभर स्वास्थ्य संस्था बन्द गर्ने घोषणा गरेको छ ।

डा. केसीलार्इ 'हाइपोक्यालेमिया', चिकित्सकहरू चिन्तित

चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाकाे मागसहित विगत १८ दिनदेखि अनशनमा रहँदै आएका डा. गाेविन्द केसीलार्इ हाइपोक्यालेमिया भएको छ। वार्ता टोली गठन नभएसम्म रगत परीक्षण नगराउने अडानका विच केही दिनयता रगतमा भएका परिवर्तनहरु थाह पाउन सकिएको थिएन। वार्ता टोली गठन भएसँगै रगत जाँच गराउँदा हाइपोक्यालेमिया देखिएको हो। चिकित्सकीय भाषामा रगतमा पोटासियमको मात्रा कम हुनुलाइ हाइपोक्यालेमिया भनिन्छ।

‘दोषी उम्काउन प्रतिवेदन नै गुपचुप’

१७ दिनदेखि अनशनरत डा.गोविन्द केसीले विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले दोषी ठहर गरेका व्यक्तिमाथि कारबाहीको मागसमेत प्रमुख रूपमा उठाइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्