१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रकाश तिमल्सिना
नागरिक दैनिकको राजनीतिक ब्युरोमा कार्यरत तिमल्सिना वामपन्थी पार्टी, आन्दोलनबारे रिपोर्टिङ गर्छन्। मधेस मुद्दामा दक्खल राख्ने उनी अनुसन्धानमूलक पत्रकारितामा रुचि राख्छन्।

प्रकाश तिमल्सिनाका लेखहरु :

सीके राउत पार्टी दर्ता गराउन काठमाडौंमा

स्वन्तन्त्र मधेसको अभियान छाडेर संवैधानिक प्रक्रियामा सामेल भएका सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ। आयोगमा जनमत पार्टी दर्ता गर्ने उदेश्यसहित राउत नेतृत्वको टोली काठमाडौं आएर संवैधानिक र कानुनी प्रक्रिया सम्बन्धी आवश्यक सल्लाह र छलफल गरिरहेको छ।

रिक्त स्थानको उपनिर्वाचन वैशाखभित्रै

सरकार र निर्वाचन आयोगबीच वैशाख अन्तिम साताभित्र रिक्त रहेका ४३ स्थानमा उपनिर्वाचन गर्नेगरी छलफल सुरु गरेको छ। संघीय संसद्को बैठकले उपनिर्वाचन गराउन वाधा गरिरहेका कानुन एकमुष्ठ संशोधन गरेर बाटो खुला गरिए वैशाख अन्तिम साताभित्र उपनिर्वाचन गराउन सकिनेबारे छलफल सुरु भएको हो।

राउतलाई राष्ट्रियसभामा लगिने

सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके (चन्द्रकान्त) राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको छ । लामो समयदेखि ‘अलग्गै स्वतन्त्र मधेस’ अजेन्डा बनाएर आन्दोलन गर्दै आएका राउतलाई राष्ट्रियसभा सदस्य बनाउने गोप्य सहमति भएको स्रोतको दाबी छ।

यसरी आए सिके मूलधारको राजनीतिमा

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र र स्वतन्त्र मधेस गठबन्धनका डा. चन्द्रकान्त (सिके) राउतका दाजुबीच वार्ता सफल भएपछि शुक्रबार ११ बुँदे सहमति भएको छ। प्रधानमन्त्री ओलीसहित उनको सचिवालय टिम र सिकेका दाजु जयकान्त राउतबीच ‘स्वतन्त्र मधेस गठबन्धन’ मूलधारमा आउने÷ल्याउने कार्य’ अन्तर्गत पटकपटक भएका गोप्य वार्ताको परिणाम शुक्रबार काठमाडौंमा देखिएको हो। यसअघि सोमप्रसाद पाण्डे नेतृत्वको सरकारी वार्ताटोलीसमक्ष राउतको ‘मूलधारमा आउने चाहना’ सम्बन्धी सन्देश पुगेको थियो। तर पछिल्लो तीन सातामा भएको वार्ताले मात्रै शुक्रबार औपचारिकता पाएको हो।

विदेशी लगानी स्वीकृति १५ दिनभित्रै

मुलुकमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले प्रक्रिया पुर्‍याएर निवेदन दिएको १५ दिनभित्रै स्वीकृति दिने गरी कानुन तयार गरेको छ। वैदेशिक लगानी आकर्षित गर्ने भन्दै यसअघिको झन्झटिलो कानुन खारेज गरी नयाँ ल्याउन लागेको हो।

बारा दुर्घटनाको छानविन गर्न प्रजिअ भट्टराई परिवारको माग

बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन्।

कुरा धेरै, काम थोरै

‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ’ प्रधानमन्त्री केपी शर्मा ओलीको यो भनाइ पछिल्लो समय बाक्लै सुनिन थालेको छ। दोस्रोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै सुरु भएको प्रधानमन्त्री ओलीको यो भनाइ आजपर्यन्त आइरहन्छ।

कृषि सामग्रीमा विषादीको मात्रा घटेको सरकारी दाबी

सरकारले नेपाली किसानबाट उत्पादित तथा विदेशबाट आयात गरिएको फलफूल तथा कृषिजन्य सामग्रीमा विषादीको मात्रा निकै कम हुँदै गएको र खानयोग्य रहेको जनाएको छ। प्रतिनिधिसभा बैठकमा बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले अघिल्ला वर्षका तुलनामा यस वर्ष धेरैजसो फलफूल तथा तरकारी खान योग्य रहेको तथ्यांक पेस गरे।

पारमाणविक भट्टी स्थापना विधेयकमा फरक मत

विश्वभर पारमाणविक भट्टी स्थापनालाई निरुत्साहित गर्ने अभियान चलिरहेका बेला नेपाल भने भट्टी स्थापनाको इजाजत दिने बाटोमा अघि बढेको छ। सरकारले संघीय संसद्मा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग गर्ने सम्बन्धी बनेको विधेयक–२०७५’ दर्ता गराएसँगै पारमाणविक भट्टी स्थापनाका लागि कानुनी बाटो खुला हुन लागेको हो।

परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै

दुई छिमेकी मुलुकले परमाणु भट्टी सञ्चालन गरेको लामो समयपछि नेपालले पनि परमाणु भट्टी स्थापनाका लागि बाटो खुला गर्ने भएको छ। सरकारले संघीय संसद्मा दर्ता गराएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपुर्ण प्रयोग गर्नसम्बन्धी बनेको विधेयक–२०७५’ पारित भएसँगै पारमाणविक भट्टी स्थापनाका लागि कानुनी बाटो खुला हुनेछ। भट्टी सञ्चालनका लागि सरकारले दर्जनौं सर्त राखेर मात्रै इजाजत दिने व्यवस्था गरेको छ।

अब नेता पनि सम्पत्ति शुद्धीकरण छानबिनमा

अब राजनीतिक दलका नेता पनि सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ अन्तर्गत छानबिनको दायरामा पर्ने भएका छन्।

बढी भ्रष्टाचार शिक्षा र संघीय मामिलामा

मुलुकमा सबैभन्दा भ्रष्टाचार शिक्षा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका निकायमा हुने गरेको पाइएको छ।

पोलिमर नोट छपाइमा पूर्वगभर्नर रावलसहित तीन जना विरुद्द मुद्दा दायर

पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावलसहित ३ जना विरुद्ध आज विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको छ।

पञ्चायती व्यवस्थाका ‘आर्किटेक्ट’को आज अन्त्येष्टि

पञ्चायती व्यवस्थाका ‘आर्किटेक्ट’ मानिने पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको आज बुधवार अन्त्येष्टि गरिदैछ। लामो समयदेखि कलेजो रोगबाट पीडित ९३ वर्षीय डा. गिरीको आज पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा अन्त्येष्टि गरिदैछ।

एकै पटक झन्डै २ सय कानुन संसोधन हुँदै

हालसम्म मुलुकमा निमार्ण भएका कुल ३ सय ९३ कानुनमध्ये आगमी तीन महिना अर्थात् फागुन ३ भित्र १ सय ७४ वटा कानुन एकैपटक संसोधन हुने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्