१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अच्युत कोइराला


अच्युत कोइरालाका लेखहरु :

दक्षिण एसियाकै ‘खुला देश’

कतै राजनीतिक संकुचन त कतै धार्मिक ध्रुवीकरणले अन्य दक्षिण एसियाली मुलुकहरूमा कलामार्फत जे गर्न, भन्न, देखाउन पाइन्न, त्यसका लागि नेपाल अहिलेसम्म खुला छ।

नागरिक नायकः हिंसापीडितकी देवी 'देवी खड्का'

२०३८ सालको कात्तिकमा दोलखाको एउटा दुर्गम गाउँमा सानोतिनो विद्रोह भयो। एक जना गाउँकै जमिन्दारले ऋण नतिरेको आरोप लगाउँदै एक विधवा स्त्रीको घरमा भएका सारा गाईबस्तु र सामानहरु खोसेर लगे।

धन्न जोगियो मेरी क्युरीकाे पेरिसस्थित प्रयोगशाला

दुईपटक नोबेल पुरस्कार जित्ने एकजना वैज्ञानिक मेरी क्युरीकाे पेरिसस्थित प्रयोगशाला सामाजिक सञ्जाल एक्समा अभियानका कारण डाेजरले भत्कनबाट जाेगिएकाे छ।

अफगानिस्तानमा ९२ वर्षअघि बेलायती भागाभाग

गएको साता रातारात बेलायती सेना अफगानिस्तानबाट बाहिरिए। तिनका लागि विशेष व्यवस्थाका साथ अफगानिस्तानबाट हतारोमा बाहिरिनु २० वर्षे ‘वार अन टेरर’को पटाक्षेप बन्न पुग्यो।

खोपका राजकुमार

संसार कोरोना भाइरसबाट आक्रान्त हुन थालेका बेला उनीसँग दुईवटा बाटा थिए–पहिलो, अरू कम्पनीझैँ खोप तयार कहिले हुन्छ, त्यो उत्पादन गर्ने थोरबहुत मौका पाइन्छ कि भनेर कुर्ने र संसारमा मृतक संख्या गनिरहने। अर्को चाहिँ, संसारमा खोप तयार गर्न दौडधुप गरिरहेका शोधकर्तासँग काँधमा काँध मिलाएर अघि बढेर उनीहरूभन्दा अगाडि दौड पूरा गर्ने जोखिम मोल्ने।

मोबाइलले बिगारेकै हो त !

जबजब नयाँ मिडियाको विकास भएको छ, तबतब अगुवाहरूले मानिसको बानी बिग्रने भविष्यवाणी गर्दै आइरहेका छन्।चाहे त्यो प्रिन्टिङ मेसिनको आविष्कार होस् या रेडियो–टेलिभिजन, भिडियोदेखि कम्प्युटर गेमसम्म, ती सबै चिजलाई अभिभावकले हियाउन र होच्याउनसम्म होच्याएका छन्।

छुटेको अध्याय

२०६४ सालमा ‘दरबार बाहिरकी महारानी’ उपन्यास बजारमा आउँदा निकै कमले मात्र यसको चर्चा गरे । त्यसपछिका हरेक वर्ष रिप्रिन्ट भएर बेस्ट सेलर बनिसक्दा पनि यस उपन्यासका लेखक नगेन्द्र न्यौपाने मिडियामा छाएका थिएनन् ।

गोसाइँकुण्डको थकथकी

टाढाको होस् या नजिकको, मानिसलाई केही न केही सिकाउँछ तर के कति सिक्ने त्यो पात्रतामा भर पर्छ । यात्रा मात्र यस्तो एउटा पाठशाला हो, जसले बिना कुनै ठूलो स्वर मानिसलाई पाठ पढाउँछ र जीवनभर छाप छाडेर जान्छ । यस पटक साउनमा जब मन मिल्ने साथीहरुसँग म गोसाइँकुण्ड पुगेँ– लाग्यो नगरिएको यात्रा गरिएछ, कहिल्यै नसिकिने पाठ सिकिएछ, कहिल्यै महसुस नगरिने थकथकी पनि बोकेर आइएछ !

मृगौला प्रत्यारोपणको इतिवृत्ति

थाहा छैन कुन बेला दिव्या सिंह शाहको मनमा डाक्टर बन्नु ठूलो कुरा हो भन्ने छि-यो, उनलाई सधैँ डाक्टरको भूत सवार भइरह्यो। उनलाई लाग्थ्यो, धेरै पढ्ने मान्छे डाक्टर हुन्छ र डाक्टरलाई सबैले सम्मान गर्छन्। तातेताते गर्ने उमेरमै उनी हजुरबुबाको छेउमा गएर ‘जिजुबुबा, म हजुरको उपचार गर्छु, निको पार्छु’ भन्थिन् रे ! पछिसम्म पनि परिवारले जिस्क्याउनु पर्दा सानैमा त यो यस्तो भन्थी, अहिले किन डाक्टर नबनोस् त भनेर जिस्क्याउँथे।

सन्तान छान्ने अवसर

मानौँ, तपाईंका अभिभावकलाई चिनी रोग लागेको छ। यस्तो अवस्थामा तपाईंलाई पनि चिनी रोग लाग्ने सम्भावना बढेर जान्छ। यस्तै कतिपय जेनेटिक रोगहरु सिकलसेल–एनेमिया (रक्तअल्पता) र होमियोफिलियाजस्ता रोगहरु, जसको कुनै उपचार अहिलेसम्म उपलब्ध छैन, तिनलाई सुरुमै क्रिस्पर उपचार पद्धतिबाट शुद्धीकरण गर्दै सन्तान जन्माउन सकिन्छ।

महत्त्वाकांक्षाको उडान

सन्तान रहरले जन्माउनु पर्छ, बाध्यतामा होइन। सायद यस्तै केही थाहा थियो, शृंखलाका बुबा विरोध खतिवडालाई। जसै घरमा दोस्रो सन्तानका रुपमा शृंखला जन्मिइन्, विरोधले चिच्याउँदै एक जना साथीलाई सुनाएका थिए, ‘सुनिस्, मेरी छोरी जन्मिई!’

मिस नेपालको अन्तर्य

२५ वर्षअघि मिस नेपाल जस्तो केही प्रतिस्पर्धात्मक कार्यक्रम गर्नुप-यो, साथ र सहयोग चाहियो भन्दा धेरै साथीहरुले गोपाल कक्षपतिलाई बौलायौ कि क्या हो भने। त्यो बेला नेपालमा यस्तो कार्यक्रमका बारेमा सोच्न पनि सकिँदैनथ्यो किनभने त्यस्तो परम्परा थिएन पनि।

आगो छिचोलेर गति

अञ्जना जन्मिएपछि माइत ‘खान’ उनकी आमा गाउँ गएकी थिइन्। आमासँगै काखे अञ्जना जाँदा साबुतै थिइन्, फर्कंदा भने एउटा गोडा साबुत थिएन। खेल्दाखेल्दै कुन बेला आगोसँग जिस्किइन्, कसैलाई पत्तो भएन।

प्रधानमन्त्रीको प्रेम दर्शन

फागुन महिना प्रधानमन्त्री केपी ओलीका लागि विशेष महिना हो। यही महिनामा उनी जन्मिए (फागुन १०) र यही महिनामै उनले जीवनको महत्वपूर्ण अर्धाङ्गिनी राधिका शाक्यसँग (फागुन २२) लगनगाँठो कँसे। यही महिनामै भ्यालेन्टाइन डे (प्रणय दिवस) पनि पर्छ। प्रधानमन्त्री निवासमा छिर्नेबित्तिकै ठट्यौली वातावरण बनाउन हामीले सोध्यौँ, ‘प्रधानमन्त्रीज्यू, यस पटकको प्रेम दिवसमा केही विशेष पो छ कि ? प्रेमका बारेमा यहाँको के छ धारणा ?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्