१५ वैशाख २०८१ शनिबार
image/svg+xml
डिबी बुढा


डिबी बुढाका लेखहरु :

जुम्लाकाे मुल्लीमा लागेको आगो नियन्त्रणमा

जुम्लाको तिलागाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा लागेको आगो नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाले जलेर नष्ट भइसकेको बाहेक अरु घरमा आगो लाग्ने अवस्था छैन। डिएसपी थापाले भने,‘आगो लागेर जलेको बाहेक अब आगो नियन्त्रणमा आइसकेको छ। गोठ र बस्तीमा लागेको बाहेक जंगलमा आगो लागिरहेको छ।’

जुम्लामा आगलागीबाट ३५ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

जुम्ला तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन्। ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए। उनका अनुसार आगो नियन्त्रण बाहिर छ।

स्याउ खेती बिमामा किसानको आकर्षण

यो वर्ष कर्णालीका किसानले साढे २ करोड रूपैयाँ बराबरको बिमा रकम भुक्तानी पाएका छन्। खराब मौसमले गर्दा स्याउ फलेन। किसानले बिमा गरे। क्षतिपूर्ति स्वरूप बिमा रकम पाए। ‘स्याउ खेती बिमा सुरु भएपछि हामीलाई निकै फाइदा पुगेको छ,’ पातारासी गाउँपालिकाका स्याउ किसान अधिराज बिष्टले भने।

बिरामीका भगवान, कर्मचारीका भरोसा डा. पुजन

जुम्ला तातोपानी गाउँपालिका ३ का चम्पासिंह शाही कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका हाडजोर्नी विशेषज्ञ डा. पुजन रोकायालाई भगवान सम्झन्छन्। डा. पुजन रोकायाको टोलीले सफल अप्रेसन गरेपछि आफू बाँचेको बताउँछन्। गाउँ नजिकैको खानीमा ढुंगा फुटाउँदै थिए। गर्दा माथिबाट झरेको सुख्खा पहिरोले उनी पुरिए।

स्याउ खेती बिमामा गर्न किसानको आकर्षण बढ्यो

मौसममा आधारित स्याउ खेती बिमा गर्न कर्णालीका किसान हौसिएका छन । मौसमका कारण स्याउमा हुने क्षति स्वरूप किसानले क्षतिपूर्ति पाउन थालेपछि किसान उत्साहित हुदै स्याउ खेती बिमा गर्न थालेका हुन ।

लागुऔषधविरुद्ध सचेतना फैलाउन सिडिओ विद्यालयमा

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लागुऔषध दुर्व्यसनविरुद्धको अभियान लिएर यहाँका माध्यमिक विद्यालयमा आफै पुग्ने गरेका छन्। लागुऔषधविरुद्धको अभियानका बारेमा विद्यार्थीको धारणा बुझ्ने र लागुऔषधका क्रियाकलाप संलग्न नहुन सचेत गराउन थालेका हुन्।

नागरिक–सैनिक सम्बन्धबारे विद्यार्थीलाई सचेतना

लस्करै हातहतियारसहित नेपाली सेनाको टोली विद्यालय आसपासमा आइपुग्दा जुम्ला हिमशिखर माध्यमिक विद्यालय तातोपानीमा कक्षा १० मा अध्ययनरत पुस्तिका उपाध्याय झस्किइन्। सेनाको लावालस्कर के गर्न आएको होला भन्दै मन डुलाउन थालिन्। द्वन्द्वकालमा त्यो क्षेत्रमा सेनाको गस्ती पनि ठीक यही तरिकाले हुन्थ्यो। उनले सोचिन्, ‘देश शान्ति प्रक्रियामा छ।

पथ्थर फोडेर फराकिलो सडक

कर्णाली राजमार्ग हुँदै नाग्म गमगडी जाने सडक खन्न कनकासुन्दरीको भिड निकै चुनौति थियो । कडा पथ्थर फोडेर सडक बन्ला भन्ने कसैले अपेक्षा गरेका थिएनन् । हिडडुल गर्ने सबैले त्यो क्षेत्रमा निकै साँघुरो सडक र जोखिमपूर्ण हुने बताउँथे । तर भिर फोडेर सडक बनेपछि स्थानीय चकित छन् ।

मावि हाक्ने 'कान्छो प्रधानाध्यापक'

जुम्ला तिला गाउँपालिका ६ घोडेगाउँमा जन्मिएका ३२ वर्षीय धनबहादुर रोकायाको सानैदेखि शिक्षक बन्ने रहर थियो । उनी जुन स्तरको अध्ययन गर्थे, त्यही स्तरको शिक्षक बन्ने धोको मनभित्रै बुन्थे । शिक्षक बन्ने धोको त सानैदेखि थियो तर प्रधानाध्यापक बन्ने कल्पनासम्म थिएन । अहिले कहिल्यै पनि कल्पना नगरेको प्रधानाध्यापक बनेका छन् । उनले भने,'सानो उमेरमै प्रधानाध्यापकको जिम्मेवारी पाउँदा चुनौति र अवसर दुबै अनुभूति भइरहेको छ ।'

डक्टरी पढ्न कर्णालीमा

भक्तपुरका डा. रहिस कोजु जनरल प्राक्टिस इमरजेन्सी मेडिसन पढ्न कर्णाली पुगेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो वर्षदेखि पढाउन सुरु गरेको स्नातकोत्तर तहको डक्टरी पढ्न जुम्ला पुगेका हुन्। उनी स्कलरसिपमा कर्णालीमा आएर पढ्न थालेका हुन्। चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको डक्टरी पढाइको लागि पाँच वटा कोटा दिएपछि चैत १ गतेदेखि पठनपाठन सुरु भएको भइरहेको छ।

मुख्यमन्त्री रोजगार कार्यक्रम: योजना सम्झौंतादेखि भुक्तानी सदरमुकाममै

गतवर्ष मुख्यमन्त्री रोजगार कार्यक्रमको अख्तियारी सिधैँ स्थानीय तहमा आयो । स्थानीय तहका प्राविधिक खटिए । समयमै सम्झौता भएर गाउँमा रोजगारीको अनुभूति गरायो । तर यो वर्ष जुम्लामा मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनमा अन्यौलता देखिएको छ । यो पटक रोजगार कार्यक्रमको बजेट तथा अख्तियारी जिल्ला सदरमुकाममा रहेका बिषयगत कार्यालयमा आइपुगेको छ ।

एकै खाले प्रतिष्ठानमा बनेको मापदण्डमा कर्णालीलाई बिभेद

गत फागुन २४ गते सरकारले पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि सूचना निकाल्यो। उपकुलपतिको कार्यकाल सकिएपछि नयाँ उपकुलपति नियुक्तिका लागि सरकारले थालेको यो कार्य निकै बिभेदपूर्ण छ।

लागुऔषध दुर्व्यसनीविरुद्ध शिक्षा दिँदै जुम्ला प्रहरी

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषधविरुद्ध सचेतना अभियान थालेको छ। लागुऔषध सेवनका कारण कुनै पनि युवाको भविष्य नबिग्रियोस् भन्नका लागि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत् सचेतना अभियान थालेको हो।

अब गाउँमै आँखाको उपचार

जुम्लाको सिंजा गाउँपालिकाको नराकोटमा आँखा उपचार केन्द्र स्थापना भएपछि सर्वसाधारणले आँखा रोगको उपचार गर्न पाएका छन्। गाउँमा धुलो र धुवा हुने भएकोले आँखाका बिरामीको संख्या बढेको छ।

अक्षर चिन्ने मुगाली महिलाको धोको

नगरपालिकाले थालेको यो अभियानले निकै राहत मिल्ने भएको छ। चन्दननाथ नगरपालिकाको आर्थिक सहयोगमा पहिलो चरणको साक्षरता कक्षा सुरु गरेको हो। स्थानीय छिरिङ लामा तामाङले नगरपालिकाले निरक्षर महिलालाई साक्षर बनाउन थालिएको अभियान सकारात्मक भएको बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्