१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विष्णु बेल्वासे


विष्णु बेल्वासेका लेखहरु :

गर्मीसँगै बिजुलीको माग ह्वात्तै बढ्यो

गर्मी बढेसँगै बिजुलीको माग पनि ह्वात्तै बढेको छ। बिजुलीको मागअनुसार आपूर्ति व्यवस्थापन गर्न कुलेखानी जलाशययुक्त आयोजना सञ्चालनमा ल्याएको हो।

बैंकहरुले बढाए नाफा

लगानीयोग्य रकम (तरलता)को अभाव हुँदाहुँदै पनि बैंकहरुले नाफा बढाएका छन्। तरलताको असर बैंकको नाफामा खासै नपरेको उनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ।

ऋणको ब्याज एक प्रतिशत बिन्दुले घट्न सक्ने

लगानी योग्यपुँजी अभावलाई कारण देखाउँदै कर्जाको ब्याज घटाउन आनाकानी गर्दै आएका बैंक तथा वित्तीय संस्थाले वर्षको अन्त्यमा एक प्रतिशत बिन्दुसम्मले ब्याज घटाउने भएका छन्। चालु आर्थिक वर्षको समय अन्तिम हुन थालेको र सरकारी खर्च पनि बढ्ने क्रममा रहेकाले लगानीयोग्य पुँजीको अभाव नहुँदा ब्याज घट्ने भएको हो।

पाँच दिनमा ७५.४९ बिन्दुले बढ्यो

नयाँ वर्षको सुरुवातदेखि नै सेयर बजार मापक नेप्से निरन्तर उकालो लागेको छ। चैतको अन्त्यमा ११८८.७१ बिन्दुमा रहेको नेप्से आइतबारसम्ममा १२६४.२० बिन्दुमा आइपुगेको छ। पाँच कार्य दिनमा नेप्से ७५.४९ बिन्दुले बढेको हो। यो साताको पहिलो दिन आइतबार ३१.८९ बिन्दुले उकालो लाग्यो।

कमोडिटी सञ्चालन गर्न इच्छुक सबै कम्पनी ‘अयोग्य’

कमोडिटी एक्सचेन्ज सञ्चालन गर्न इच्छुक भएर आवेदन दिएका सबै (पाँच) कम्पनी त्यसमा अयोग्य ठहरिएका छन्। नेपाल धितोपत्र बोर्डले एक वर्षअघि कमोडिटी एक्सचेन्ज कम्पनी स्थापना गर्न इच्छुकलाइ आवेदन दिन आह्वान गरेको थियो।

चैतमा मात्र १३ अर्ब व्याज

विभिन्न वाणिज्य बैंकबाट कर्जा लिएर व्यापार व्यवसाय गरेका लगानीकर्ताले चैत मसान्तमा मात्र १३ अर्ब रुपैयाँभन्दा बढी ब्याज बुझाएका छन्। लगानीकर्ताले ऋण लिएबापत बुझाएको यो ब्याज रकमले बैंकको आम्दानीसँगै अहिले देखिएको लगानीयोग्य पुँजी (तरलता) अभावमा समेत केही कमी ल्याउने छ।

तीन दिनभित्र ब्याज तिर्न उर्दी

काठमाडौं-बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर लिएको ऋणको ब्याज बुझाउन तीन दिनको समय दिएका छन्। वित्तीय संस्थाले चैत २९ भित्र ब्याज तिर्न लिखित रुपमै दबाब दिएपछि बचत नहुने लगानीकर्ताले बाध्य भएर सेयर बिक्री गरेका छन्। यही कारण मंगलबार सेयर बजारको सूचक नेप्से १०.५८ बिन्दुले घटेको छ ।

राष्ट्र बैंकको निगरानी सुरु

बैंक तथा वित्तीय संस्थाहरुले मिलोमतोमा कमसल घर–जग्गा धितो राखी धेरै ऋण दिएको अशंकामा राष्ट्र बैंकले निगरानी सुरु गरेको छ।

सुधार भएन निक्षेप संकलन

बैंकहरुले नौ प्रतिशत ब्याज दिँदा पनि निक्षेप संकलन हुन नसकेको पाइएको छ। तर, ऋण माग भने बढेको बढ्यै छ।

आँधी प्रभावित क्षेत्रमा बिजुली नियमित

बारा र पर्सामा आइतबार आएको विनाशकारी आँधी प्रभावित क्षेत्रमा मंलगबारदेखि बिजुली आपूर्ति नियमित भएको छ। कलैयाको चन्द्रनिगाहपुर वितरण केन्द्रबाट बिजुली आपूर्ति हुने ग्रामीण क्षेत्रका केही ठाउँबाहेक अन्य क्षेत्रमा मंगलबार बेलुकादेखि नियमित आपूर्ति सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

सान्जेन र रसुवागढी पनि थपिए

ऊर्जा मन्त्रालयले सान्जेन र रसुवागढी जलविद्युत् आयोजना पनि जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत अघि बढाउने भएको छ। मन्त्रालयले जनताको जलविद्युत् कार्यक्रमको अनुसूची हेरफेर गर्दै यी दुई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको हो।

विपन्नको विद्युत मिटर सम्पन्नलाई

नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलोमतोमा विपन्न वर्गलाई वितरण गर्ने भनिएको निःशुल्क विद्युत् मिटर धनीले लिएको देखिएको छ।

अरुण तेस्रोमा लगानी जुट्यो

भारतीय कम्पनी एसजेभिएन (सतलज जलविद्युत् निगम लिमिटेड) ले निर्माण गरिरहेको नौ सय मेगावाटको अरुण तेस्रो परियोजनाको लागि लगानी जुटेको छ। शनिबार सम्पन्न भएको लगानी सम्मेलनका क्रममा तीन बैंकले एसजेभिएनलाई ऋण दिने प्रतिबद्धता जनाएसँगै लगानी जुटेको हो।

गेजुवालाई बूढीगण्डकी दिन मिलेन

लगानी सम्मेलनको अवसर पारेर बहुचर्चित १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुबा ग्रुप कर्पोरेसन (सिजिजिसी) लाई दिने सरकारको तयारी कानुनी प्रक्रिया पूरा नहुँदा बिफल भएकोे छ।

१९ जलविद्युत् आयोजनामा लगानी आह्वान गरिने

सरकारले शुक्रबारदेखि सुरु हुन लागेको लगानी सम्मेलनमा १७ वटा जलविद्युत् अयोजनामा लगानी गर्न आह्वान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्